नयाँ दल दर्ता गर्दै ठाकुर–महतो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।
जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।
जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार भन्यो ।
बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो
उपप्रधामन्त्रीसमेत रहेका महतोनिकट साह प्रदेश २ मा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि प्रदेश २ मा वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, महेन्द्रनिकटका रमेश जसपा उपेन्द्र यादव समूहमा पुगेका छन् । संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र समूहमा गएका छन् ।
स्रोतअनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा ‘सहभागी हुने कि नहुने ?’ विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर, ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।
विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाहीसमेत गरियो । गत १८ जेठमा उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र सोही दिन उपेन्द्रलाई समेत ठाकुर समूहले कारबाही ग¥यो । दुवै समूहले एकअर्कालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।
गत १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन)अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर, ठाकुर समूहले सोबमोजिम निवेदन पेस गर्न सकेको छैन ।
अनुसूची १८ मा दल विवरण हेरफेर गर्नुपर्ने भएमा सो ढाँचाअनुसार निर्वाचन आयोगमा लेखी पठाउनुपर्ने व्यवस्था छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकमा उपस्थित सदस्यको हस्ताक्षरसहितको माइन्युटसमेत आयोगमा पेस गर्न भनेको थियो ।
यादवले भने केन्द्रीय कार्यकारिणाी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारबाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फाराम मात्रै भर्न भन्यो । यादवले गत २० जेठमै भरेर बुझाइसकेका छन् ।
बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो ।
ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेस गर्न नसकेपछि गत २३ जेठमा एक हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय शुक्रबार सकिएको छ ।
जसपा संसदीय दलमा ठाकुर र महतो समूहको बहुमत रहेको थियो । २० सांसदसहित बहुमतमा रहेको ठाकुर समूहले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा विघटन भएकाले अब कार्यकारिणी समितिमा अनिवार्य बहुमत सिद्ध गर्नुपर्नेहुन्छ । यद्यपि, कार्यकारिणी समितिमा उपेन्द्र समूहको बुहमत रहेकाले ठाकुर र महतो समूहले नयाँ दल दर्ता गर्नुपर्नेहुन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












