नयाँ दल दर्ता गर्दै ठाकुर–महतो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।
जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।
जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार भन्यो ।
बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो
उपप्रधामन्त्रीसमेत रहेका महतोनिकट साह प्रदेश २ मा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि प्रदेश २ मा वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, महेन्द्रनिकटका रमेश जसपा उपेन्द्र यादव समूहमा पुगेका छन् । संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र समूहमा गएका छन् ।
स्रोतअनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा ‘सहभागी हुने कि नहुने ?’ विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर, ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।
विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाहीसमेत गरियो । गत १८ जेठमा उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र सोही दिन उपेन्द्रलाई समेत ठाकुर समूहले कारबाही ग¥यो । दुवै समूहले एकअर्कालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।
गत १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन)अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर, ठाकुर समूहले सोबमोजिम निवेदन पेस गर्न सकेको छैन ।
अनुसूची १८ मा दल विवरण हेरफेर गर्नुपर्ने भएमा सो ढाँचाअनुसार निर्वाचन आयोगमा लेखी पठाउनुपर्ने व्यवस्था छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकमा उपस्थित सदस्यको हस्ताक्षरसहितको माइन्युटसमेत आयोगमा पेस गर्न भनेको थियो ।
यादवले भने केन्द्रीय कार्यकारिणाी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारबाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फाराम मात्रै भर्न भन्यो । यादवले गत २० जेठमै भरेर बुझाइसकेका छन् ।
बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो ।
ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेस गर्न नसकेपछि गत २३ जेठमा एक हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय शुक्रबार सकिएको छ ।
जसपा संसदीय दलमा ठाकुर र महतो समूहको बहुमत रहेको थियो । २० सांसदसहित बहुमतमा रहेको ठाकुर समूहले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा विघटन भएकाले अब कार्यकारिणी समितिमा अनिवार्य बहुमत सिद्ध गर्नुपर्नेहुन्छ । यद्यपि, कार्यकारिणी समितिमा उपेन्द्र समूहको बुहमत रहेकाले ठाकुर र महतो समूहले नयाँ दल दर्ता गर्नुपर्नेहुन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












