एमालेमा विधान महाधिवेशनको गृहकार्य,स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।
पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।
विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।
पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ । महासचिव ईश्वर पोखरेलसहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ ।
एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको संगठन विभागका सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।
चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने ढकालको भनाइ छ । एमाले स्रोतका अनुसार माधव पक्ष एमालेमा रहने वा नरहने अवस्था हेरेर दशौं राष्ट्रिय महाधिवेश पनि मंसिर अघि नै गर्ने विषयमा समेत छलफल चलिरहेको छ ।
स्थायी बैठक बिहान ९ बजे बोलाइएको कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।
राष्ट्रिय परिषद्को गठन
विधान महाधिवेशन भन्दा पहिले राष्ट्रिय प्रतिनिधि परिषद गठन गर्नुपर्ने भएकाले अहिले महासचिव पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेल लगायतका नेता त्यसमा केन्द्रित छन् ।
एमालेको विधान महाधिवेशनका प्रतिनिधि भनेकै राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् । त्यसमा केन्द्रीय कमिटी,केन्द्रीय निकाय,केन्द्रीय विभाग,जनवर्गी संगठनका पदाधिकारी,जिल्ला कमिटी अध्यक्ष,निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सदस्य लगायत पर्छन् ।
एमालेको नवौं महाधिवेशनबाट पारित विधान अनुसारको राष्ट्रिय प्रतिनिधि परिषद अहिलेको संविधानसँग मेल खाँदैन । त्यसबेला २ सय ४० निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सदस्य थिए ।
त्यस्तै त्यसबेला अन्चल कमिटीका सचिव राष्ट्रिय प्रतिनिध परिषद सदस्य थिए । अब प्रादेशिक संरचनामा गइसकेकाले त्यसलाई पनि संविधानसँग मिल्ने गरि परिषद सदस्यहरुको व्यवस्था गरिने भएको छ ।
अहिले अन्चलको ठाउँमा प्रदेश र २ सय ४० को साटो १ सय ६५ निर्वाचन क्षेत्र भएकाले विधान र संविधान मिलाउन बाधा अड्काउ फुकाउनु पर्ने नेताहरुले बताएका छन् । १ सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने खुला सदस्यका साथै दलित र महिलाको समेत बेग्लै प्रतिनिधित्व हुने व्यवस्था छ ।
साबिक नेकपा विभाजनको बेला केपी ओली पक्षले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा थप गरेर बनाएका १ हजार भन्दा बढी सदस्यीय केन्द्रीय कमिटीमा थपिएका नयाँ सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनाउने निर्णय भएको छ ।
सोही अनुसार परिषद गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पूर्व माओवादीबाट राष्ट्रिय प्रतिनिधि परिषद तथा केन्द्रीय निकाय तथा विभागमा समायोजन हुने सदस्यहरुको सूची रामबहादुर थापा बादल समूहले तयार पारेको छ ।
विधान र संविधान समेत मिल्ने गरि राष्ट्रिय प्रतिनिधि परिषदको गठन दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले बाधा अड्काउ फुकाउमार्फत गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।
एमालेका एक नेताले भने- ‘राष्ट्रिय महाधिवेशनमा नेतृत्वको चयनमात्र गर्ने र विधान तथा पार्टीको नीति सिद्धान्त तथा कार्यक्रममाथि छलफल विधान महाधिवेशन हुनुपर्छ । त्यसो हुँदा पर्याप्त छलफलका साथ निर्णय हुन्छ र पार्टीले सही दिशा लिन्छ भनेर नवौं महाधिवेशनबाटै यो व्यवस्था गरिएको हो ।’
राष्ट्रिय प्रतिनिधि परिषद् गठनको गृहकार्य सकिएको अवस्थामा आइतबारै स्थायी कमिटी बैठक बस्ने तयारी छ । बैठकमा प्रस्तुत गर्ने कार्ययोजना तथा प्रस्ताव महासचिव पोखरेलले तयार पारेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












