‘द हन्ड्रेड’ क्रिकेट खेल्न इंग्ल्यान्ड जाँदै सन्दीप
एजेन्सि । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इंग्ल्यान्ड जाँदैछन्।
उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
इंग्ल्यान्ड पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन्।
द हन्ड्रेड क्रिकेटमा उनी ओभल इन्भिन्सिबलमा आबद्ध छन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि सुरु हुँदैछ।
लामिछाने सम्मिलित टिम ओभलले उद्घाटन खेल म्यानचेस्टरसँग खेल्नेछ। सो प्रतियोगिता इंग्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो।
यसअघि बेलायतको भिसा समयमै नपाउदा सन्दीपले पहिलो पटक टी-२० ब्लास्ट खेल्ने अवसर गुमाएका थिए।
सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्यापिडमा आबद्ध भएका थिए। सन्दीपले टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर भिसा ढिलो गरी पाउँदा टी-२० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।
गत वर्ष हुने भनिएको द हन्ड्रेड प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका थिए। द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय छ।
टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो। सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो। पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो। तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ।
अब हुने ‘द हन्ड्रेड’ मा दुवै टिमले १००–१०० बल खेल्नेछन्। १०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ)। एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ। एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ। खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ। पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












