कार्यविधि मिचेर ओलीले पनि लिए सुरक्षाकर्मी
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले बनाएको कार्यविधि मिचेर थप सुरक्षाकर्मी लिएका छन् । मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था कार्यविधि, २०७७’ विपरीत ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका हुन् ।
ओलीले प्रधानमन्त्रीबाट हटेलगत्तै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरीक्षक माधव केसीलाई पनि साथमै लगेका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै गृह मन्त्रालयले पटके निर्णयमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरूको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरीक्षकबाहेक अरू पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरीक्षक (सई) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् । ओली नेतृत्वको सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था कार्यविधि, २०७७’ लागू गर्दै पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा कटौती गरेको थियो । गृह मन्त्रालयले अपराध अनुसन्धान तथा नियन्त्रण र सीमा सुरक्षामा जनशक्ति अपुग रहेको भन्दै पूर्वपदाधिकारीको सुरक्षामा खटाइएका ५ सयभन्दा बढी सुरक्षाकर्मी कटौती गरिएको थियो ।
यसरी सुरक्षाकर्मी दुरुपयोग गरेको विषयमा सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव महेश्वर न्यौपानेलाई भीआईपीका लागि सुरक्षाकर्मी थपेकोलगायत विषयमा प्रश्न गरेका हुन् । तर मन्त्री र सचिव दुवैले यो विषयमा जवाफ दिएनन् ।
भीआईपीहरूलाई सरकारले नै तय गरेको कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएकामा प्रमुख प्रतिपक्षी एमालेका सांसद नवराज सिलवालले प्रश्न गरे । उनले वर्तमान सरकार गठन भएपछि नेताहरूलाई सुरक्षा चुनौती थपिएर कार्यविधि मिच्दै सुरक्षाकर्मी थप्नुपरेको हो ? भन्ने प्रश्न राखेका थिए ।
गृहमन्त्री खाँण र गृह सचिव न्यौपानेलाई सांसद सिलवालको जिज्ञासा थियो, ‘योभन्दा अगाडिको सरकारले नीति नै बनाएर भीआईपीलाई कसरी सुरक्षा दिने भन्ने तय गरेको थियो । अहिले कार्यविधिभन्दा बाहिर गएर सुरक्षाकर्मी किन थपिएको हो ?’ यसरी नै अघि बढेमा गृहमन्त्री खाँण असफल हुने सांसद सिलवालले बताए । ‘मन्त्रीज्यूलाई यस्ता कुराले फसाइदेला, तपाईंलाई मुलुकले सफल गृहमन्त्री भएको देख्न चाहन्छ ।
यस्ता कुराबाट बच्नुपर्छ,’ सिलवालले सुझाव दिए । विशिष्ट व्यक्तिहरूलाई सुरक्षा थप्नुपर्ने भएमा राज्यको आवश्यकताअनुसार नीति नै तय गर्नुपर्ने उनले बताए । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि गृहमन्त्री र गृह सचिवलाई भीआईपीहरूको सुरक्षामा सुरक्षाकर्मीको बढोत्तरी के आधारमा गरिएको हो भन्ने प्रश्न गरेका थिए । त्यसरी सुरक्षाकर्मी थप्ने कामलाई जनताले निको नमानेको उनको भनाइ छ । ‘पहिले गाउँमा बाख्रा चराएको र भैंसी हेरेको भन्ने अनि सिंहदरबार र शीतल निवास अन्त कहाँ–कहाँ हो पुगेपछि राजकीय रबाफ चाहिने ?’ उनले व्यंग्य गरे ।
सांसदका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँण र सचिव न्यौपाने भने यस विषयमा प्रवेश नै गरेनन् । उनीहरूले बाढीपहिरो, डुबानलगायत विपद्बारे सोधिएका प्रश्नको मात्रै जवाफ दिए ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











