लस्कर फुड्सको भुक्तानी अव ‘प्रभु–पे’ मार्फत
प्रभु पे र लस्कर फुड्सले सहकार्य गर्ने
काठमाडाै । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ।
हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना÷खाजा घरसम्म समयमै पु¥याउने लक्ष्य राखेको छ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।
सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समार्फत भुक्तानी गर्न सक्नेछन्।
यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ। प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ।
त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए।
लस्कर फुड्समा हुने अर्डरहरु मध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि प्रभु पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको हो।
लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ। जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःमः, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीले जानकारी दिए।
सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताउनुभयो। साथै प्रभु टेक्नोलोजीअन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ।
लस्कर फुड्सको काठमाण्डौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरी सञ्चालन भइरहेको छ। हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ।
ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए। कार्यालयको ०१–४७००५५३÷५४, ९८०१३०६९२६ नम्बरमा सम्पर्क गरी अर्डर गर्न सकिने उनले बताए
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...












