क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं
काठमाडौं । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणालाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘अनपेक्षित’ बताएको छ ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मिडियाबाट खबर थाहा पाएको भन्दै यसबारे बुझ्ने बताए ।
उनले भने, ‘हिजोसम्म उहाँ ट्रेनिङमा नै हुनुहुन्थ्यो । आज अचानक सन्न्यासको कुरा मिडियामा आयो । यसबारे के-कसो हो भन्ने बुझ्दैछौं ।’ सन्न्यास फिर्ता गराउन पहल गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।
प्याकुरेलले भने, ‘उहाँले अझै नेपालका लागि योगदान दिन सक्नुहुन्थ्यो भन्ने हो । हामीले निर्णय फिर्ता लिन आग्रह गर्ने एउटा पार्ट भयो । तर पनि उहाँको व्यक्तिगत निर्णयका सम्मान गर्नुपर्छ । मुख्य कुरा उहाँले के कारणले सन्न्यास घोषणा गर्नुभएको हो भन्ने बुझ्नुपर्छ ।’
लामो समय राष्ट्रिय क्रिकेटमा योगदान दिएका खेलाडीको सम्मानजनक विदाइ हुनुपर्ने विषयमा क्यान सचेत रहेको उनले बताए ।
‘उहाँले नेपालको क्रिकेटमा उच्च योगदान दिनुभएको छ । उहाँको बिदाइ सम्मानजनक गराउनका निम्ति हामी कुनै कञ्जुस्याइ गर्दैनौं । तर त्यो अलि परको कुरा हो अहिले चाहिँ ओमान जाने टिममा पारसको प्रतिस्थापन कसरी गर्ने भन्ने चिन्ता छ । ओमान टुरको लागि हामीले सबै खेलाडीको भिसा एप्लाइ गरिसकेका छौं ।’
पारसको क्यानसँग कुनै असन्तुष्टिको विषय रहेको आफूलाई जानकारी नरहेको प्याकुरेलले बताए । केही दिनअघि एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले दिएको उजुरीको विषयमा उनले यो उनीहरूको आन्तरिक भएको बताए ।
‘यदि आइसीसीको कोड अफ कन्डक्ट उल्लंघन भएको छ भने त्यहाँ हामीले हेर्ने कुरा हुन्छ । यसमा त्यस्तो केही देखिएको छैन । मलाई लाग्दैन कि उहाँको सन्न्यास यो विषयसँग जोडिएको छ,’ प्याकुरेलले भने ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












