माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
काठमाडौँ । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेकपा (एमाले) नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बैठक हुँदैछ । सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । त्यसैले केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
नेपालले सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले पनि सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए । पार्टी एकताका लागि गठित कार्यदलमा रहेका नेपाल समूहका नेताले सकेसम्म एकता नै गर्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन् । त्यस्तै केन्द्रीय कमिटीमा रहेका अधिकांश युवा नेताहरूले पनि सकेसम्म एकता भत्किने कुनै गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् । ‘पार्टी एकताका लागि नै हामीले पहल गर्नुपर्छ विभाजनमा जान हुँदैन भन्ने हाम्रो धारणा हो’, नेपाल निकट केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले भने,‘यही कुरा हामी बैठकमा उठाउँछौं ।’
नेता नेपाललाई गठबन्धनमा संलग्न दल कंग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् । नेपाल समूहलाई संलग्न गराउने उद्देश्यअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरिरहेका छन् । नेता नेपाललाई मिलाउने प्रयोजनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खटिइरहेका छन् । दाहालले मंगलबार पनि नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा पुगेर भेटेका थिए । त्यहाँ उनले सरकारमै सहभागी भएर जानुपर्ने धारणा राखेका थिए ।
यता नेता नेपाल भने आफूभित्रकै ठूलो समूहले एकताको ढोका बन्द हुने काम गर्न नहुने भन्दै दबाब दिएपछि निर्णयमा पुग्न सकिरहेका छैनन् । देउवाको पक्षमा प्रतिनिधिसभामा मत दिने सांसदहरूको त नेता नेपाललाई साथ छ । तर कार्यदल तहमा रहेको नेताहरू एकता भत्किने काम गर्न नहुने धारणा राख्दै आएका छन् । त्यस्तै केन्द्रीय समितिमा रहेका अन्य धेरै नेताहरूले पनि विभाजनको असर झन् भयावह हुने ठानेका छन् ।
नेता नेपाललाई मिलाउने प्रयोजनका लागि कार्यदलस्तरमा ओलीपछिको अध्यक्ष दिने कुरा भइरहेको छ । तर, अध्यक्षको अधिकार के हुने भन्नेमा कुरा मिल्न सकेको छैन । ओलीले पनि दोस्रो अध्यक्ष दिन तयार रहेको यसअघि नै बताइसकेका छन् । तर दोस्रो अध्यक्ष दिँदा पार्टीभित्रको पत्राचार र निर्णय लगायतमा उनको हैसियत के हुने भन्नेमा नेताहरू निष्कर्षमा पुग्न सकेका छैनन् । कार्यदल तहमा यस्ता विकल्पमा छलफल भए पनि नेता नेपाल ओलीसँग मिलेर जान सकिन्छ भन्नेमा अझै विश्वस्त भइसकेका छैनन् । विभिन्न विकल्पमाथि छलफल भइरहँदा ओली र नेपालबीच सहमति खोज्ने प्रयोजनका लागि वार्ता गराउने कोसिस पनि कार्यदलका नेतहरुले गरिरहेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












