माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
काठमाडौँ । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेकपा (एमाले) नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बैठक हुँदैछ । सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । त्यसैले केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
नेपालले सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले पनि सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए । पार्टी एकताका लागि गठित कार्यदलमा रहेका नेपाल समूहका नेताले सकेसम्म एकता नै गर्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन् । त्यस्तै केन्द्रीय कमिटीमा रहेका अधिकांश युवा नेताहरूले पनि सकेसम्म एकता भत्किने कुनै गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् । ‘पार्टी एकताका लागि नै हामीले पहल गर्नुपर्छ विभाजनमा जान हुँदैन भन्ने हाम्रो धारणा हो’, नेपाल निकट केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले भने,‘यही कुरा हामी बैठकमा उठाउँछौं ।’
नेता नेपाललाई गठबन्धनमा संलग्न दल कंग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् । नेपाल समूहलाई संलग्न गराउने उद्देश्यअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरिरहेका छन् । नेता नेपाललाई मिलाउने प्रयोजनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खटिइरहेका छन् । दाहालले मंगलबार पनि नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा पुगेर भेटेका थिए । त्यहाँ उनले सरकारमै सहभागी भएर जानुपर्ने धारणा राखेका थिए ।
यता नेता नेपाल भने आफूभित्रकै ठूलो समूहले एकताको ढोका बन्द हुने काम गर्न नहुने भन्दै दबाब दिएपछि निर्णयमा पुग्न सकिरहेका छैनन् । देउवाको पक्षमा प्रतिनिधिसभामा मत दिने सांसदहरूको त नेता नेपाललाई साथ छ । तर कार्यदल तहमा रहेको नेताहरू एकता भत्किने काम गर्न नहुने धारणा राख्दै आएका छन् । त्यस्तै केन्द्रीय समितिमा रहेका अन्य धेरै नेताहरूले पनि विभाजनको असर झन् भयावह हुने ठानेका छन् ।
नेता नेपाललाई मिलाउने प्रयोजनका लागि कार्यदलस्तरमा ओलीपछिको अध्यक्ष दिने कुरा भइरहेको छ । तर, अध्यक्षको अधिकार के हुने भन्नेमा कुरा मिल्न सकेको छैन । ओलीले पनि दोस्रो अध्यक्ष दिन तयार रहेको यसअघि नै बताइसकेका छन् । तर दोस्रो अध्यक्ष दिँदा पार्टीभित्रको पत्राचार र निर्णय लगायतमा उनको हैसियत के हुने भन्नेमा नेताहरू निष्कर्षमा पुग्न सकेका छैनन् । कार्यदल तहमा यस्ता विकल्पमा छलफल भए पनि नेता नेपाल ओलीसँग मिलेर जान सकिन्छ भन्नेमा अझै विश्वस्त भइसकेका छैनन् । विभिन्न विकल्पमाथि छलफल भइरहँदा ओली र नेपालबीच सहमति खोज्ने प्रयोजनका लागि वार्ता गराउने कोसिस पनि कार्यदलका नेतहरुले गरिरहेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












