मेसीबिना बार्सिलोना कहिले पनि उही बार्सिलोना रहन सक्ने छैन
एजेन्सि । गत डिसेम्बर लियोनल मेसीले कीर्तिमान छैटौंपल्ट बालोन डी’अर जिते । त्यही बेला बार्सिलोनामा उनको भविष्यलाई लिएर प्रश्न उठ्न थालिसकेको थियो । मेसी आफैंले क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए । अप्रिलमा बार्सिलोना स्पेनिस कप जित्यो । यो बार्सिलोनामा मेसीले जितेको ३५ औं उपाधि थियो । र, यो सान्त्वना पुरस्कारकै रूपमा आएको थियो । ३४ वर्षे अर्जेन्टिनी फुटबलरले बार्सिलोनामा १७ वर्ष बिताए ।
उनले अनेक अवसरमा बार्सिलोनालाई सफलताको शिखरमा पुर्याए । तर, मैदानबाहिर यही क्लब ऋणको बोझमा यति धेरै पुरिएको छ कि उनै मेसीलाई टिममा राखिरहन सकेन । बार्सिलोना बिहीबार घोषणा गर्न बाध्य रह्यो कि क्लब र मेसीबीच कुनै प्रकारको सम्झौता हुन सकेन । यसका लागि क्लबले दिएको कारण हो, आर्थिक र कानुनी पाटो । सबै अपेक्षाअनुसार काम भएको भए मेसी सन् २०२६ सम्म बार्सिलोनामा रहन्थे ।
त्यतिबेला उनी ३८ वर्षका भइसक्थे । सन् २००० मा उनले मेसीले बार्सिलोनासँग पहिलो अनुबन्ध गरेका थिए, त्यसबखत उनी भर्खर १३ वर्षका थिए, नेपकिनमा हस्ताक्षर गरेका थिए । पछिल्लो जुन ३० मा उनको बार्सिलोनासँगको अन्तिम अनुबन्ध सकिएको थियो । उनी बार्सिलोनामै रहन चाहन्थे, तर यस्तो केही भएन । अन्ततः मेसीले बार्सिलोनाबाट बिदाइ लिने दिन आइहाल्यो । फेरि पछिल्ला दुई वर्ष न बार्सिलोनाका लागि न त मेसीकै लागि सुखद समय रह्यो ।
सन् २०१८–०१९ मा बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिरभपुलको हातबाट निकै नमीठोसँग पतनको सिकार भएको थियो । बार्साले तीन गोलको अग्रता जोगाउन सकेको थिएन, त्यसमा दुई गोल त मेसीकै थियो । त्यसै वर्ष घरेलु कप फाइनलमा पनि बार्सिलोना भ्यालेन्सियासँग पराजित रह्यो । यदि त्यो खराब थियो भने सन् २०२० झन् खराब वर्ष रह्यो । च्याम्पियन्स लिग क्वाटरफाइनलमा बार्सिलोना बायर्न म्युनिकसँग लिस्वनमा ८–२ ले पराजित रह्यो ।
सन् २००७ यता बार्सिलोना त्यो सिजन पहिलोपल्ट उपाधिविहीन रह्यो । एकै खेलमा बार्सिलोनाले आठ गोल खाएको पनि सन् १९४६ यता पहिलोपल्ट थियो । त्यतिबेला बार्सिलोना स्पेनिस कपमा सेभियासँग ८–० ले पराजित भएको थियो । यही नतिजाको शृंखलाले मेसीलाई बार्सिलोनाबाहेक अन्य विकल्प सोच्न बाध्य पारेको हो । त्यसपछिका घटना वास्तवमै कसैका लागि पनि सुखद रहेन । ६ महिनामात्र क्लब सम्हालेका प्रशिक्षक क्विक सेटिन बर्खास्तगीमा परे ।
त्यसपछि आएर रोनाल्ड कोमन । उनी आएयता नै हो मेसीले आफू क्लब छाड्न इच्छुक रहेको बताएको । अहिले उनी पक्कै पनि बिना कुनै मूल्य विश्व फुटबल बजारमा उपलब्ध थिए । तर उनी त्यस्ता खेलाडी हुन्, जसको पारिश्रमिक धेरै कम क्लबले मात्र बेहोर्न सक्छ । यसमा सबैभन्दा अगाडि त म्यानचेस्टर सिटी नै छ । यो त्यही क्लब हो, जहाँ मेसीका पूर्व प्रिय प्रशिक्षक पेप ग्वार्डिओला छन् । दोस्रो विकल्प पेरिस सेन्ट जर्मेन (पीएसजी) हुनसक्छ ।
त्यहाँ गए उनको नेयमरसँग पुनर्मिलन हुनेछ । सिटी र पीएसजी दुवै युरोपेली च्याम्पियन्स लिग सफलताका लागि पछाडि लागिरहेका छन् । यस्तोमा मेसी आए । दुवै क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्नका लागि ‘एक्स–फ्याक्टर’ साबित हुन सक्नेछ । यता बार्सिलोनाको एकपछि अर्को पतनका कारण मेसीको आफ्नै खेलमा पनि गिरावट आइरहेको थियो । तथ्यांकले यस्तै बोल्थ्यो । कोभिडग्रस्त सिजन मेसीले ३१ गोलमात्र गर्न सके ।
यो सन् २००७–०८ यता सबैभन्दा कम थियो । गत सिजन उनले अझ ३० गोलमात्र गरे । यससँगै उनले गरेको गोल संख्या ४ सय ७४ पुगेको थियो । सन् २०१२ मा उनले गरेको ५० गोलसामु यो कता हो कताको कमजोर प्रदर्शन थियो । पछिल्ला केही वर्ष बार्सिलोनाले मेसीलाई क्लबबाट नै संन्यास लिन लगाउने पनि बारम्बार भनिरहेको थियो । जतिबेला यो स्थिति आइपुग्यो, बार्सिलोनाले आफ्नो वचन राख्न सकेन ।
खासमा बार्सिलोनाले मेसीलाई असाध्यै धेरै तलब मात्र दिइरहेको थिएन, बरू त्योभन्दा बढी मेसीको नाम बेचेर कमाइरहेको थियो । पछिल्ला चार सिजन मेसीले बार्सिलोनाबाट ३८ करोड युरो बुझेका थिए । तर यही समय बार्सिलोनाले उनकै नाममा ६१ करोड युरो पनि कमाएको थियो । त्यो भनेको २३ करोड युरोभन्दा बढी नाफा हो । बार्सिलोनाको नाफाको ३० प्रतिशतका लागि उनी नै जिम्मेवार मानिन्छ । यस्तोमा बार्सिलोनाले अहिले मेसीका रूपमा एक खेलाडीमात्र गुमाएको छैन, धेरै अरू थोक गुमाएको छ । मेसीले १० स्पेनी ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब वर्ल्डकप, ६ स्पेनिस कप जितेका छन् । उनले ला लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक पनि गरेका छन् । उनले आफ्नो देश र क्लबलाई गरेर ७ सयभन्दा बढी गोल गरिसकेका छन् । यस्तोमा अब मेसीले नयाँ क्लबबाट अझ केही जित्ने आस राख्न सक्छन् । तर, बार्सिलोनाले खेलाडी अरू धेरैथोक गुमाएको छ । मेसीबिना बार्सिलोना कहिले पनि उही बार्सिलोना रहन सक्ने छैन ।
Comments
अरु समाचार
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...












