शंकर पोखरेलले सार्वजनिक गरेको ४५ बुँदे प्रगति विवरणमा के छ ?
काठमाडाै । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो कार्यकालमा भएका मुख्य-मुख्य कार्य समावेश गरी ४५ बुँदे विवरण सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जला फेसबुकबाट ती विवरण सार्वजनिक गर्दै पोखरेलले आफ्नो कार्यकालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरू अघि बढेको दाबी गरेका छन् ।
हेर्नुस् पोखरेलले सार्वजनिक गरेको विवरण:
तीन वर्ष पाँच महिना २५ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजवाट विधिवत रूपमा बिदा भएँ । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननीय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना ।
मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरू अघि बढे । मुख्य कामलाई यस रूपमा सूत्रबद्ध गर्न सकिन्छ ।
१. प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन ।
२. कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।
३. प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पञ्चवर्षीय योजना निर्माण ।
४. कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीव्रता ।
५. आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालीन खर्चसंरचना तयार गरी कार्यान्वयनको थालनी ।
६. प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा तोक्ने ऐतिहासिक निर्णय ।
७. कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रूपमा पहिचान गरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।
८. सामाजिक र मानवीय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।
९. दुई वटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरिय अस्पतालहरूको क्षमता विस्तार गरी ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नती ।
१०. लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवा रोग अस्पतालको निर्माणको थालनी ।
११. ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।
१२. विश्वविद्यालय स्थापनासम्बन्धी छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।
१३. स्मार्ट कृषि गाउ कार्यक्रम, हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रूपान्तरणका योजना तथा कार्यक्रम ।
१४. प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्ने गरी प्रदेश एस्पोको सफल आयोजना ।
१५. आञ्चलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रूपान्तरण गरी हामी लुम्बिनीवासीको भावना निर्माण ।
१६. सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।
१७. रणनीतिक सडक सञ्जालको योजनाबद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।
१८. प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९. सुशासन ऐनको निर्माण गरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शीता निर्माण ।
२०. प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमबाट कार्यान्वयन ।
२१. एक वर्षमा ४० हजार घरमा धार जडान गर्न सफल ।
२२. सिँचाइ, खानेपानी, तटबन्ध र सडक पुलमा शतप्रतिसतभन्दा बढी बजेट खर्च गर्ने क्षमताको विकास ।
२३. तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च शतप्रतिसत गर्न सफल ।
२४. केन्द्र र स्थानीय तहसँगको राम्रो समन्वय र सहकार्य ।
२५. औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल ।
२६. आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।
२७. केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा शतप्रतिसतभन्दा बढी बजेट परिचालन गर्न सफल ।
२८. केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण ।
२९. लुम्बिनी प्रदेशको दिर्घकालीन योजनाको आधार तयार ।
३०. ठूला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१. तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।
३२. प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ ।
३३. दुई वटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्न गुरुयोजना निर्माण ।
३४. प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको ।
३५. सूचना प्रविधि प्रतिष्ठान गठन भइ डिजिटल प्रदेश निर्माणको थालनी ।
३६. प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमबाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।
३७. पूर्वाधार विकास प्राधिकरण गठन भइ ठूला विकासका आयोजना अघि बढाइएको ।
३८. पालिकाहरूमा खेल पूर्वधारको विकास र बहुद्देस्यीय भवनको निर्माण ।
३९. विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि ।
४०. मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरूका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।
४१. प्रदेशमा अवस्थित विश्वविद्यालयसँग अनुसन्धानमूलक कार्यमा साझेदारीको थालनी ।
४२. मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान ।
४३. राज्यका तीन वटै सुरक्षा निकायसँग कोभिड १९ महामारी र विपद् प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना
४४. जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी ।
४५. सहरी क्षेत्रमा सडक पेटी निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












