कुलमानले मिडिया रिझाउन बाँडे १ करोडको विज्ञापन, अख्तियारमा मुद्दा
काठमाडौं । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा मात्रै मिडियालाई विज्ञापनबापत झण्डै १ करोड रुपैयाँ खर्चिएको छन् ।
घिसिङले ३५औं वार्षिकोत्सवमा ७३ लाख १८ हजार ५ सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पत्रपत्रिका, अनलाइन र टिभीमा विज्ञापनबापत सो रकम खर्चिएको देखिएको हो ।
जनताको पैसालाई मनोमानी रुपमा खर्च गरेर मिडियालाई आफ्नो पक्षमा पारेको भन्दै कुलमानविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ । घिसिङको यसअघिको कार्यकालमा कुल २८ करोड रुपैयाँ विज्ञापनबापत खर्च गरेको र त्यसैबाट मिडिया उनको पक्षमा भएको भन्दै छानबिन गर्न माग गर्दै अख्यिारमा उजुरी परेको हो ।
उनले औसतमा वार्षिक रूपमा ७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको अख्तियारको उजुरीबाट देखिन्छ । ४ वर्षे कार्यकालमा घिसिङले २८ करोड रुपैयाँ खर्च गरेको र छानबिन गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
३५औं वार्षिकोत्सवमा कुलमान घिसिङले गरेकाे खर्चकाे विवरण
मिडियालाई आफ्नो पक्षमा पारेपछि उनको विरोध कतैबाट पनि नहुने भन्ने राम्रोसँग बुझेका घिसिङले ठूलो रकम मिडियामा खर्च गरेका हुन् । उनले मिडियाअनुसार विज्ञापन रकम उपलब्ध गराएका छन् ।
३५औं वार्षिकोत्सवमा सबैभन्दा बढी गोरखापत्रलाई विज्ञापनबापत रकम उपलब्ध गराएका छन् । उनले गोरखापत्रलाई एउटै कार्यक्रमबापत ७ लाख रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएका हुन् । त्यसैगरी, दोस्रो धेरै पैसा लिनेमा कान्तिपुर मिडिया ग्रुप छ । उसले एउटै साधारणसभाबाट झण्डै ४ लाख रुपैयाँभन्दा बढी पैसा लिएको हो । न्यू बिजनेस एज, कामना प्रकाशन प्रालि, नागरिक दैनिक र नयाँ पत्रिकासहित घिसिङले १ सय ४४ वटा मिडियालाई रकम उपलब्ध गराएको देखिएको छ । यो सम्पूर्ण विवरण एउटै कार्यक्रमको हो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












