एमाले स्थायी कमिटी बैठकमा गए नेपाल पक्षबाट अलग्गिएका नेता
काठमाडौँ । नेकपा (एमाले)मा लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । पार्टीभित्रको विवादमा माधवकुमार नेपालको पक्षमा रहेका र पछिल्लो समय नेपालाई पनि छोडेर तेस्रो धार बनाएका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।
मंगलबार ललितपुरको च्यासलमा सुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजीपन्तलगायत बैठकमा सहभागी भएका हुन् ।
अध्यक्ष ओलीसँग सोमबार बालकोटमा छलफल गरेर उनीहरू स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका थिए । बालकोटको बैठकले असार २८ गते दुवै पक्षले गठन गरेको कार्यदलको १० बुँदे सहमति पत्र कार्यान्वयन गर्ने र त्यसका लागि संगठन एकता कार्यतालिका जारी गर्ने लगायतका सहमति भएको सचिव योगेश भट्टराईले बताएका थिए ।यसअघि २०७५ जेठ २ गतेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा मात्रै सहभागी हुने भन्ने अडान लिँदै आएका उपाध्यक्ष रावललगायतका नेताहरू आज भने पूर्वमाओवादीका नेतासमेत रहेको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् । आजको बैठकमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












