एमाले स्थायी कमिटी बैठकमा गए नेपाल पक्षबाट अलग्गिएका नेता
काठमाडौँ । नेकपा (एमाले)मा लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । पार्टीभित्रको विवादमा माधवकुमार नेपालको पक्षमा रहेका र पछिल्लो समय नेपालाई पनि छोडेर तेस्रो धार बनाएका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।
मंगलबार ललितपुरको च्यासलमा सुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजीपन्तलगायत बैठकमा सहभागी भएका हुन् ।
अध्यक्ष ओलीसँग सोमबार बालकोटमा छलफल गरेर उनीहरू स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका थिए । बालकोटको बैठकले असार २८ गते दुवै पक्षले गठन गरेको कार्यदलको १० बुँदे सहमति पत्र कार्यान्वयन गर्ने र त्यसका लागि संगठन एकता कार्यतालिका जारी गर्ने लगायतका सहमति भएको सचिव योगेश भट्टराईले बताएका थिए ।यसअघि २०७५ जेठ २ गतेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा मात्रै सहभागी हुने भन्ने अडान लिँदै आएका उपाध्यक्ष रावललगायतका नेताहरू आज भने पूर्वमाओवादीका नेतासमेत रहेको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् । आजको बैठकमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












