माधव नेपाललाई ‘पात’को संज्ञा दिँदै ओलीले भने – एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।
ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’
निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरे। एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनकाे भनाइ छ।
ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे! एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने ? अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’
आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उनको जिकिर छ ।
‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।
नेपाल समूहप्रति लक्षित गर्दै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए।
ओलीले भने, ‘पार्टीलाई दुई तिहाईको अवस्थामा पुर्याइयो। अधिकांश स्थानमा आफ्ना जनप्रतिनिधि बनाइयो। संघ र प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्न लाग्ने कुलङ्गार नेता पार्टीमा जन्मिए। सूर्य चिन्हलाई धोका दिएकाहरुले नयाँ दलको पुर्जा लिएर हिँडे।’
देश बनाउने अभियान लिएका पार्टीलाई छाडेर नयाँ पुर्जा लिएर घर मालिक बनेको ओलीले आरोप लगाए।
‘आफ्नै घरको राजा हुनको लागि प्रतिक्रियावादीहरुसँग मिलेर पार्टी विभाजन गरे। त्यस्ता मान्छेलाई सम्झाएर बुझाएर सकिँदैन। एमाले सिध्याउँछु भनेर कसम खाएपछि विदेशीको दलाल बनेपछि सम्झाएर नहुने रहेछ’
ओलीले नेता नेपाललाई संकेत गर्दै भने, ‘हामीले सम्झाएर बुझाएर ल्याउन खोजेका हौँ। मैले पार्टीमा ल्याउनका लागि धाएर जहाँ जहाँ भन्यो त्यही पुगेर भेटेँ। कति पटक फोन गरेँ । पानी समातेर धरोधर्म मान्दिनँ भनेर कसम खाएपछि सकिँदैन।’
एमाले ढोडका लौरा समातेर गण्डकी, कोशी तर्दैन भन्दै ओलीले आफूहरुसँग पौडिएर तर्न सक्ने क्षमता रहेकाे दाबी गरे।
अहिले अलमल गरेर बस्ने समय नभएकाले युवाहरुलाई अलमलमा नपरि पार्टीको काम लाग्न ओलीले निर्देशन दिए। पार्टी फुटेको नभएर केही बिग्रिएका मान्छेहरु चोइटिएर गएको दाबी गरे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












