माधव नेपाललाई ‘पात’को संज्ञा दिँदै ओलीले भने – एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।
ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’
निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरे। एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनकाे भनाइ छ।
ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे! एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने ? अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’
आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उनको जिकिर छ ।
‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।
नेपाल समूहप्रति लक्षित गर्दै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए।
ओलीले भने, ‘पार्टीलाई दुई तिहाईको अवस्थामा पुर्याइयो। अधिकांश स्थानमा आफ्ना जनप्रतिनिधि बनाइयो। संघ र प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्न लाग्ने कुलङ्गार नेता पार्टीमा जन्मिए। सूर्य चिन्हलाई धोका दिएकाहरुले नयाँ दलको पुर्जा लिएर हिँडे।’
देश बनाउने अभियान लिएका पार्टीलाई छाडेर नयाँ पुर्जा लिएर घर मालिक बनेको ओलीले आरोप लगाए।
‘आफ्नै घरको राजा हुनको लागि प्रतिक्रियावादीहरुसँग मिलेर पार्टी विभाजन गरे। त्यस्ता मान्छेलाई सम्झाएर बुझाएर सकिँदैन। एमाले सिध्याउँछु भनेर कसम खाएपछि विदेशीको दलाल बनेपछि सम्झाएर नहुने रहेछ’
ओलीले नेता नेपाललाई संकेत गर्दै भने, ‘हामीले सम्झाएर बुझाएर ल्याउन खोजेका हौँ। मैले पार्टीमा ल्याउनका लागि धाएर जहाँ जहाँ भन्यो त्यही पुगेर भेटेँ। कति पटक फोन गरेँ । पानी समातेर धरोधर्म मान्दिनँ भनेर कसम खाएपछि सकिँदैन।’
एमाले ढोडका लौरा समातेर गण्डकी, कोशी तर्दैन भन्दै ओलीले आफूहरुसँग पौडिएर तर्न सक्ने क्षमता रहेकाे दाबी गरे।
अहिले अलमल गरेर बस्ने समय नभएकाले युवाहरुलाई अलमलमा नपरि पार्टीको काम लाग्न ओलीले निर्देशन दिए। पार्टी फुटेको नभएर केही बिग्रिएका मान्छेहरु चोइटिएर गएको दाबी गरे।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...












