उम्रिन नपाउँदै माधव नेपालले एमालेसँग मुकाबिला गर्ने ? : ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पिउसो भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै ओलीले हालै एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेपालले एमालेसँग मुकाबला गर्ने सपना देखेको बताए ।
‘जिल्ला अध्यक्ष बनाइदिम्ला, नगर अध्यक्ष बनाइदिम्ला भनेर हिँडेका छन् । चुनावमा टिकट पाएर के भो ? जित्ने एमाले नै हो, कांग्रेस हामीसँग लड्ने आँट गरेको छैन । माधव नेपाल त पिउसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने सपना देख्छन्’, उनले भने ।
अहिले एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भएको र त्यसको अगुवा माधव नेपालले गरेको आरोप पनि उनले लगाए । तर पार्टीका युवापंक्ति देखेर आफ्नो हौसला बढ्ने गरेको ओलीले सुनाए । ‘कहिलेकाहीँ लाग्छ, दुनियाँ उल्टिएर लागेको छ, के होला ? जब म प्रकाशको गतिमा बढेका युवा देख्छु आत्मबल बढ्छ,’ उनले थपे, ‘जब चुलोचौकोमा समस्या हुँदा दिदीबहिनी आन्दोलनमा देख्छु मलाई हौसला बढ्छ ।’
पार्टीभित्र पदलोलुप प्रवृत्ति हावी भएकाले फुटको समस्या भएको बताउँदै ओलीले आफू नेतृत्वको सरकारले विश्वले देख्ने गरी काम गरेको समेत ठोकुवा गरे । ‘पदलोलुप प्रवृत्ति हावी हुँदा जनता, सुशासन र विकासका बारेमा छलफल नगर्ने । विकासमा उनीहरुको रुची थिएन,’ उनले थपे, ‘नेकपा एमालेको सरकारले विश्वले देख्ने गरी काम गर्यो । थुप्रै विकास निर्माण र पुननिर्माणको काम अघि बढायौँ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












