उम्रिन नपाउँदै माधव नेपालले एमालेसँग मुकाबिला गर्ने ? : ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पिउसो भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै ओलीले हालै एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेपालले एमालेसँग मुकाबला गर्ने सपना देखेको बताए ।
‘जिल्ला अध्यक्ष बनाइदिम्ला, नगर अध्यक्ष बनाइदिम्ला भनेर हिँडेका छन् । चुनावमा टिकट पाएर के भो ? जित्ने एमाले नै हो, कांग्रेस हामीसँग लड्ने आँट गरेको छैन । माधव नेपाल त पिउसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने सपना देख्छन्’, उनले भने ।
अहिले एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भएको र त्यसको अगुवा माधव नेपालले गरेको आरोप पनि उनले लगाए । तर पार्टीका युवापंक्ति देखेर आफ्नो हौसला बढ्ने गरेको ओलीले सुनाए । ‘कहिलेकाहीँ लाग्छ, दुनियाँ उल्टिएर लागेको छ, के होला ? जब म प्रकाशको गतिमा बढेका युवा देख्छु आत्मबल बढ्छ,’ उनले थपे, ‘जब चुलोचौकोमा समस्या हुँदा दिदीबहिनी आन्दोलनमा देख्छु मलाई हौसला बढ्छ ।’
पार्टीभित्र पदलोलुप प्रवृत्ति हावी भएकाले फुटको समस्या भएको बताउँदै ओलीले आफू नेतृत्वको सरकारले विश्वले देख्ने गरी काम गरेको समेत ठोकुवा गरे । ‘पदलोलुप प्रवृत्ति हावी हुँदा जनता, सुशासन र विकासका बारेमा छलफल नगर्ने । विकासमा उनीहरुको रुची थिएन,’ उनले थपे, ‘नेकपा एमालेको सरकारले विश्वले देख्ने गरी काम गर्यो । थुप्रै विकास निर्माण र पुननिर्माणको काम अघि बढायौँ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












