रामकुमारी, सोमप्रसाद र मेटमणिका जिल्लाका जनप्रतिनिधिले नेकपा एस रोजेनन्
काठमाडाैँ । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादीलाई लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई साथ दिएनन् ।
नेकपा एसका प्रभावशाली नेताहरु सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्री र मेटमणि चौधरीका जिल्लामासमेत नेकपा एमाले छाड्ने जनप्रतिनिधिको संख्या नगण्य छ ।
गुल्मीकी झाँक्री, पाल्पाका पाण्डे, दाङका चौधरी र पछिल्लो समय पार्टी छाडेका बामदेव गौतमको बर्दियामा एमालेले धेरै जनप्रतिनिधि जोगाउन सफल भएको छ ।
३७ सदस्य प्रदेश सदस्य रहेको लुम्बिनीमा १ सांसद मात्र समाजवादीमा गएका छन् भने सबै १२ जिल्लाबाट दुई उपमेयर, २ उपाध्यक्ष, ६ वडाध्यक्ष र बाँकी वडासदस्य गरी ७१ जनामात्र समाजवादीमा लागेका हुन् ।
पार्टी बिभाजनका लागि सुरुदेखि नै लागिपरेकी नेतृ रामकुमारी झाँक्री र मेटमणि चौधरीकै जिल्लामा स्थानीय तहका जनप्रतिनिधिले उनीहरुलाई पत्याएनन् ।
स्थानीय तहका ७ प्रमुख र १० उपप्रमुखसहित ३३० जना जनप्रतिनिधि रहेको गुल्मीका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् । यसमा झाँक्रीलाई नराम्रो झड्का लागेको छ । प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एमालेमै बलियो भएपछि गुल्मीबाट सबै जनप्रतिनिधिले जोखिम मोल्न चाहेनन् ।
१ सय ९७ जना सूर्यचिह्न वाहक जनप्रतिनिधि रहेको मेटमणि चौधरीको जिल्ला दाङमा भने २१ जना वडा सदस्यहरुले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी एकिकृत समाजवादी पार्टीका पक्षमा सनाखत दाङमा नै गरेको देखिन्छ ।
लुम्बिनी प्रदेशको बांकेमा ११ जनाले समाजवादी रोज्दा पाल्पा, कपिलवस्तु र पश्चिम नवलपरासीमा १/१ जनाले मात्रै नेकपा एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् भने रुपन्देहीमा ७ बर्दिया र अर्घाखाँचीमा ६/६ तथा रुकुम र रोल्पामा ५/५ जनाले मात्रै एकिकृत समाजवादी रोजेका छन् ।
यस्तै एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता बामदेव गौतमको गृहजिल्ला प्युठानमा ७ जनाले मात्रै एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।प्युठानका स्थानीय तहमा १९७ जना जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
गत भदौ १ गते एमाले बिभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो ।
लुम्बिनीका कपिलवस्तु, पाल्पा र पश्चिम नवलपरासीबाट भने एक/एक जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
पाल्पाबाट रम्भा गाउँपालिकाका १ जना जनप्रतिनिधिले मात्रै नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकोे जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रम्भा गाउँपालिका वडा नम्बर ५ का सदस्य ईश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
श्रेष्ठले समाजवादी रोजेपछि माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्लामा नेकपा एकिकृत समाजवादी शून्यबाट जोगिएको हो ।
कपिलवस्तुमा शिवराज नगरपालिका वडा नम्बर ८ देविपुरकी कार्यपालिका सदस्य निर्मला सुनारले एकीकृत समाजवादिमा सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानीराम पुरीले कपिलवस्तुमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीमा एक÷एक जनाले सनाखत गरेको जानकारी दिए ।
सुनारले एमाले छोडेर एकीकृत समाजवादु रोज्दा शिवराज नगरपालिका १० कि वडाअध्यक्ष मन्जु मिश्राले जनता समाजवादी छोडेर लोकतान्त्रिक समाजवादी रोजेकी हुन् ।
त्यसैगरी पश्चिम नवलपरासीमा बर्दघाट नगरपालिका वडा न ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् । चापागाईंसगै बर्दघाट वडा नं. २ का सदस्य कृष्ण प्रसाद पाण्डेले पनि एकीकृत समाजवादीमा सनाखत गरेकोमा पछि फिर्ता लिएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले सनाखत फिर्ता स्वीकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने बताइन् ।
त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जाने जनप्रतिनिधि भने शून्य भएको छ।
उता अर्घाखाँची जिल्लामा भने ६ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
जिल्लामा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
गौतम सहित शितगंगा नगरपालिका वडा नम्बर ६ का सदस्य गोबिन्द प्रसाद पोख्रेल, शितगंगा नगरपालिका १३ का वडा सदस्य जिवलाल क्षेत्री, पाणिनी गाउँपालिका वडा नम्बर ३ का सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ की महिला सदस्य शुमित्रा मुखिया र मालारानी गाउँपालिका ५ का सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने कुल ७१ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै दाङबाट २१ जनाले एमाले छोडेका छन् ।
त्यसैगरी बाँकेमा ११, रुपन्देही र प्युठान समान ७/७, बर्दिया ६, रुकुम पूर्व र रोल्पाबाट ५/५ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












