कोरोना विरुद्धको लडाइमा चीनको भूमिका प्रशंसनीय
काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना नियन्त्रण, उपचार र कोरोना विरुद्धको खोप व्यवस्थापनमा मित्रराष्ट्र चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘आर्थिक विकासका लागि राजनीतिक दलहरुको सुदृढ सहकार्य’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामाग्री, उपचार र खोप अनुदान तथा खरिदमा चीनको भूमिका महत्पूर्ण र प्रशंसनीय रहेको बताउनुभएको हो।
दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकका राजनीतिक दलका नेता, संसद र सरकारका प्रमुख तथा प्रतिनिधि सहभागी कार्यक्रममा बोल्दै उहाँले कोभिड महामारिको त्रासदीले विश्वकै अर्थतन्त्रलाई मात्रै नभई व्यक्तिगत, सामाजिक, सामाजिक, राजनीतिक र आर्थिक सम्बन्धलाई समेत असर पारेको बताउनुभयो।
‘विश्वको कुनै पनि देश एक्लैले मात्रै यति ठूलो महामारीको सामना गर्न नसक्ने तथ्यलाई आत्मसाथ गरेर आज हामी मित्रराष्ट्रहरुको सहकार्यमा कोभिड भाइरसविरुद्ध लडाइँ लडिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कोरोना बिरुद्धको लडाइमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। कोरोना फैलावट रोक्न, उपचार गर्न तथा कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी छ।’
अध्यक्ष तिमिल्सिनाले महामारीको समयमा राष्ट्रपति सी चिनफिङको सवल नेतृत्वले चीन विश्वको उदाउँदो शक्तिका रुपमा स्थापित गरेको धारणा राख्नुभयो।
कोरोना महामारी दोस्रो वेभको प्रारम्भमा आइपरेको भयाभह सङ्कटका बेला चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डका कारण हजारौं नेपालीले पुनर्जीवन पाएको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिनुभयो।
‘नेपालमा कोरोना भाइरस देखापरेको शुरुवाती दिनबाछटै चीन लगायतका मित्रराष्ट्रहरुले आईसीयू, भेन्टिलेटर, स्वास्थ्य सामाग्री उपलब्ध गराएका कारण हामीले महामारी धेरै हदसम्म नियन्त्रणमा राख्नसकेका हौं, उहाँले भन्नुभयो, ‘हालसम्म ५४ लाख २५ हजारभन्दा बढी नेपालीले पहिलो मात्रा र ४६ लाख ६७ हजारले पूर्ण खोप पाएका छन्। यसका लागि चीनलगायत सबै सहयोगी मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दछु।’
अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन सम्बन्ध दुई सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा पनि उत्तिकै आत्मिय रहेको बताउनुभयो। उहाँले नेपालमा बेलाबखत भइरहने सरकार परिवर्तनले मित्रराष्ट्रको आपासी सम्बन्धमा कुनै असर नपर्ने विश्वास व्यक्त गर्नुभयो।
‘राष्ट्रपति सीले अगाडी बढाउनुभएको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले पनि हस्ताक्षर गरेर साथ दिएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिडका कारण यसको कार्यन्वयनमा केही ढिलाइ भएपनि यथासम्भव अगाडी बढाउनुपर्छ।’
सो क्रममा उहाँले दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकहरुबीच भौगोलिक निकटता मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाड भएकाले आपासी सहकार्य परिहार्य रहेको बताउनुभयो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












