कोरोना विरुद्धको लडाइमा चीनको भूमिका प्रशंसनीय
काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना नियन्त्रण, उपचार र कोरोना विरुद्धको खोप व्यवस्थापनमा मित्रराष्ट्र चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘आर्थिक विकासका लागि राजनीतिक दलहरुको सुदृढ सहकार्य’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामाग्री, उपचार र खोप अनुदान तथा खरिदमा चीनको भूमिका महत्पूर्ण र प्रशंसनीय रहेको बताउनुभएको हो।
दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकका राजनीतिक दलका नेता, संसद र सरकारका प्रमुख तथा प्रतिनिधि सहभागी कार्यक्रममा बोल्दै उहाँले कोभिड महामारिको त्रासदीले विश्वकै अर्थतन्त्रलाई मात्रै नभई व्यक्तिगत, सामाजिक, सामाजिक, राजनीतिक र आर्थिक सम्बन्धलाई समेत असर पारेको बताउनुभयो।
‘विश्वको कुनै पनि देश एक्लैले मात्रै यति ठूलो महामारीको सामना गर्न नसक्ने तथ्यलाई आत्मसाथ गरेर आज हामी मित्रराष्ट्रहरुको सहकार्यमा कोभिड भाइरसविरुद्ध लडाइँ लडिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कोरोना बिरुद्धको लडाइमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। कोरोना फैलावट रोक्न, उपचार गर्न तथा कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी छ।’
अध्यक्ष तिमिल्सिनाले महामारीको समयमा राष्ट्रपति सी चिनफिङको सवल नेतृत्वले चीन विश्वको उदाउँदो शक्तिका रुपमा स्थापित गरेको धारणा राख्नुभयो।
कोरोना महामारी दोस्रो वेभको प्रारम्भमा आइपरेको भयाभह सङ्कटका बेला चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डका कारण हजारौं नेपालीले पुनर्जीवन पाएको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिनुभयो।
‘नेपालमा कोरोना भाइरस देखापरेको शुरुवाती दिनबाछटै चीन लगायतका मित्रराष्ट्रहरुले आईसीयू, भेन्टिलेटर, स्वास्थ्य सामाग्री उपलब्ध गराएका कारण हामीले महामारी धेरै हदसम्म नियन्त्रणमा राख्नसकेका हौं, उहाँले भन्नुभयो, ‘हालसम्म ५४ लाख २५ हजारभन्दा बढी नेपालीले पहिलो मात्रा र ४६ लाख ६७ हजारले पूर्ण खोप पाएका छन्। यसका लागि चीनलगायत सबै सहयोगी मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दछु।’
अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन सम्बन्ध दुई सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा पनि उत्तिकै आत्मिय रहेको बताउनुभयो। उहाँले नेपालमा बेलाबखत भइरहने सरकार परिवर्तनले मित्रराष्ट्रको आपासी सम्बन्धमा कुनै असर नपर्ने विश्वास व्यक्त गर्नुभयो।
‘राष्ट्रपति सीले अगाडी बढाउनुभएको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले पनि हस्ताक्षर गरेर साथ दिएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिडका कारण यसको कार्यन्वयनमा केही ढिलाइ भएपनि यथासम्भव अगाडी बढाउनुपर्छ।’
सो क्रममा उहाँले दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकहरुबीच भौगोलिक निकटता मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाड भएकाले आपासी सहकार्य परिहार्य रहेको बताउनुभयो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












