अखिल क्रान्तिकारीको नेतृत्व विवाद पेचिलो बन्यो: स्थायी समिति बैठकमा जनार्दनको पार्टी फुटाउने धम्की
पञ्चा सिंहलाई अध्यक्ष नबनाए समानान्तर कमिटीदेखी पार्टी फुटाउने जनार्दनको धम्कि
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व टुंग्याउने जिम्मा प्रचण्डलाई दिइएको छ ।
पेरिसडाँडामा भएको स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । स्रोतका अनुसार स्थायी समिति बैठकमा स्थायी कमिटि सदस्य जनार्दन शर्माले आफ्नो गुटको पञ्चा सिंहलाई अध्यक्ष नबनाए सामानान्तर कमिटी गठन गराउनेदेखि पार्टी फुटाउनेसम्मको धम्कि दिएका छन । स्थायी कमिटी बैठकले नेतृत्व टुंग्याउन नसकेपछी नेतृत्व टुंग्याउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको हो ।
पार्टी स्थायी कमिटिका अधिकांश नेता कृष्ण बहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेतलागाएतका नेता तिलकराज भण्डारीको पक्षमा छन । बन्द सत्र चलिरहेपनि नेतृत्व पार्टीले टुंग्याउने भएपछि हलका अधिकांश प्रतिनिधिहरुको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्यले जानकारी दिए ।
` अहिले हलका सबै कमरेडहरुले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । आम रुपमा विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठक तिलकराज भण्डारी नै हाम्रो नेता हो भन्ने विषय जबर्जस्त उठ्न थालेको छ´, ती सदस्यले भने ।
`अखिल क्रान्तिकारी भित्रपनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।
सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।
`हामीलाई गुट अस्वीकार्य छ । इतिहासमा योगदान सबैले दिएका छन् । तर, त्यो योगदानलाई गुटको पगरी भिराएपछि समर्थन गर्न सकिन्न । त्यसैले गुटको नेता जोसुकै भएपनि आम संघर्षशील, पार्टी, नीति र नेतृत्वप्रति प्रतिबद्ध कार्यकर्ताहरुको नेता तिलकराज भण्डारी हो । तिलकले कहिल्यै गुटको आशीर्वाद लिन चाहेनन् । उनी जहिल्यै पनि नीति र नेतृत्वप्रति वफादार बने । कसैको छाता ओढ्न खोजेनन् । यही प्रवृत्तिले मात्रै अखिल क्रान्तिकारीलाई साँच्चिकै क्रान्तिकारी, प्रचण्डले भनेझै समाजवादी क्रान्तिको अग्रदस्ता र जनताका छोराछोरीको संगठन वनाउन सक्छ । गुटमा रमाउनेहरुले इतिहास रच्दैनन्´, एक अर्का नेताले भने ।
यसअघि अहिलेका तामाङ अध्यक्ष बन्दा अखिल क्रान्तिकारीमा चुनाव भएको थियो । चुनावबाटै दुई प्यानल बनाएर विद्यार्थी निर्वाचनमा होमिएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












