अखिल क्रान्तिकारीको नेतृत्व विवाद पेचिलो बन्यो: स्थायी समिति बैठकमा जनार्दनको पार्टी फुटाउने धम्की
पञ्चा सिंहलाई अध्यक्ष नबनाए समानान्तर कमिटीदेखी पार्टी फुटाउने जनार्दनको धम्कि
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व टुंग्याउने जिम्मा प्रचण्डलाई दिइएको छ ।
पेरिसडाँडामा भएको स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । स्रोतका अनुसार स्थायी समिति बैठकमा स्थायी कमिटि सदस्य जनार्दन शर्माले आफ्नो गुटको पञ्चा सिंहलाई अध्यक्ष नबनाए सामानान्तर कमिटी गठन गराउनेदेखि पार्टी फुटाउनेसम्मको धम्कि दिएका छन । स्थायी कमिटी बैठकले नेतृत्व टुंग्याउन नसकेपछी नेतृत्व टुंग्याउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको हो ।
पार्टी स्थायी कमिटिका अधिकांश नेता कृष्ण बहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेतलागाएतका नेता तिलकराज भण्डारीको पक्षमा छन । बन्द सत्र चलिरहेपनि नेतृत्व पार्टीले टुंग्याउने भएपछि हलका अधिकांश प्रतिनिधिहरुको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्यले जानकारी दिए ।
` अहिले हलका सबै कमरेडहरुले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । आम रुपमा विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठक तिलकराज भण्डारी नै हाम्रो नेता हो भन्ने विषय जबर्जस्त उठ्न थालेको छ´, ती सदस्यले भने ।
`अखिल क्रान्तिकारी भित्रपनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।
सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।
`हामीलाई गुट अस्वीकार्य छ । इतिहासमा योगदान सबैले दिएका छन् । तर, त्यो योगदानलाई गुटको पगरी भिराएपछि समर्थन गर्न सकिन्न । त्यसैले गुटको नेता जोसुकै भएपनि आम संघर्षशील, पार्टी, नीति र नेतृत्वप्रति प्रतिबद्ध कार्यकर्ताहरुको नेता तिलकराज भण्डारी हो । तिलकले कहिल्यै गुटको आशीर्वाद लिन चाहेनन् । उनी जहिल्यै पनि नीति र नेतृत्वप्रति वफादार बने । कसैको छाता ओढ्न खोजेनन् । यही प्रवृत्तिले मात्रै अखिल क्रान्तिकारीलाई साँच्चिकै क्रान्तिकारी, प्रचण्डले भनेझै समाजवादी क्रान्तिको अग्रदस्ता र जनताका छोराछोरीको संगठन वनाउन सक्छ । गुटमा रमाउनेहरुले इतिहास रच्दैनन्´, एक अर्का नेताले भने ।
यसअघि अहिलेका तामाङ अध्यक्ष बन्दा अखिल क्रान्तिकारीमा चुनाव भएको थियो । चुनावबाटै दुई प्यानल बनाएर विद्यार्थी निर्वाचनमा होमिएका थिए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












