माओवादी केन्द्रलाई हार्ने छुट छैन – प्रचण्ड
भक्तपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको बताएका छन्। त्यसको लागि पार्टीको संगठन निर्माण गर्नुको विकल्प नभएकोमा उनले जोड दिए।
नेकपा माओवादी केन्द्र भक्तपुरद्वारा शुक्रबार आयोजित पार्टी जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीले हारे माओवादी एजेन्डाले हार्नेछ र अन्ततः परिवर्तित व्यवस्था र देशले नै हार्नसक्छ। यसतर्फ सचेत भएर पार्टी संगठन सुदृढ गर्नुको विकल्प छैन।’
‘संविधान हामीले बनाएको हो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो’, उनले थपे, ‘समावेशी, समानुपातिक र धर्म निरपेक्षतालगायतका मुद्दा हाम्रो हो। त्यसैले यसको रक्षा र विकास गर्ने अभिभारा पनि हाम्रै हो।’
‘एमालेसँग एकताअघि पाँच वर्षे प्रधानमन्त्रीको अफर’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्नुअघि नेपाली कांग्रेसलगायतका दलहरुबाट आफूलाई पाँच वर्षे प्रधानमन्त्रीको अफर आएको खुलासा गरे।
तर बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवादतर्फ जाने लक्ष्यबाट आफू त्यतिबेला विचलित नबनेको र एमालेसँग पार्टी एकता गरेको उनले स्पष्टकीकरण दिए। ‘परिस्थिति तपाईंहरुकै सामुन्ने छ। उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो’, नेता प्रचण्डले आफ्नो बाध्यता सुनाए।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्टको नाममा प्रतिगमनकारी नेता भएकोले उनलाई बर्खास्त गरी बालकोट पु¥याउनु ठूलो उपलब्धि भएको औंल्याए। देशलाई समाजवादतर्फ लैजान उद्देश्यले केपी शर्मा ओलीको एमालेसँग एकता गरेको भए पनि उनी प्रतिगमनकारी कित्तामा उभिएको प्रचण्डको आरोप थियो।
‘माओवादी केन्द्र पूरा इमानदारीताका साथ एकताको पक्षमा रहेको भए पनि नियोजित रुपमा पार्टीलाई विभाजन गराइँदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ’, उनले भने, ‘यद्यपि सच्चा र क्रान्तिकारी कम्युनिष्ट धार र प्रतिगमनकारी धारलाई जनताले चिन्न अवसर पाएकाले अन्ततः प्रतिगमनकारीहरु परास्त हुने नै छ।’
‘माओवादी केन्द्र धन र डनदेखि डराउँदैन’
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी धन र डन देखेर नडराउनेसमेत बताए। तत्कालीन सत्तासँगै विद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने कुरा नसोच्न उनले चेतावनी दिए।
उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्नसमेत निर्देशन दिए। ‘विचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भए पनि सम्मान गर्नु तर धन र डनको राजनीति गर्ने बेइमानहरुलाई लखेट्न नडराउनू’, उनले निर्देशनात्मक ढंगले भने।
तत्कालीन जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले उतिबेला जाली फटाहाहरुलाई लखेटे जस्तै गरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्ने समय आएको स्पष्ट पारे।
कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमिका संयोजक विजय श्रेष्ठ, चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथेले समसामयिक राजनीति र नगर क्षेत्रमा पार्टीको नगरभित्रको रिपोर्टिङ प्रस्तुत गरेका थिए।
माओवादी केन्द्र भक्तपुर इन्चार्ज दिलीप प्रजापति भीष्मको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, फ्याक्सन इन्चार्ज सुरेश न्यौपाने, बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, ओम वाग्ले, जिल्ला समन्वय समितिका संयोजक डीपी ढकाललगायतले समसामयिक राजनीति तथा आगामी रणनीति र कार्यदिशाबारे आआफ्नो धारणा राखेका थिए।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











