माओवादी केन्द्रलाई हार्ने छुट छैन – प्रचण्ड
भक्तपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको बताएका छन्। त्यसको लागि पार्टीको संगठन निर्माण गर्नुको विकल्प नभएकोमा उनले जोड दिए।
नेकपा माओवादी केन्द्र भक्तपुरद्वारा शुक्रबार आयोजित पार्टी जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीले हारे माओवादी एजेन्डाले हार्नेछ र अन्ततः परिवर्तित व्यवस्था र देशले नै हार्नसक्छ। यसतर्फ सचेत भएर पार्टी संगठन सुदृढ गर्नुको विकल्प छैन।’
‘संविधान हामीले बनाएको हो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो’, उनले थपे, ‘समावेशी, समानुपातिक र धर्म निरपेक्षतालगायतका मुद्दा हाम्रो हो। त्यसैले यसको रक्षा र विकास गर्ने अभिभारा पनि हाम्रै हो।’
‘एमालेसँग एकताअघि पाँच वर्षे प्रधानमन्त्रीको अफर’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्नुअघि नेपाली कांग्रेसलगायतका दलहरुबाट आफूलाई पाँच वर्षे प्रधानमन्त्रीको अफर आएको खुलासा गरे।
तर बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवादतर्फ जाने लक्ष्यबाट आफू त्यतिबेला विचलित नबनेको र एमालेसँग पार्टी एकता गरेको उनले स्पष्टकीकरण दिए। ‘परिस्थिति तपाईंहरुकै सामुन्ने छ। उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो’, नेता प्रचण्डले आफ्नो बाध्यता सुनाए।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्टको नाममा प्रतिगमनकारी नेता भएकोले उनलाई बर्खास्त गरी बालकोट पु¥याउनु ठूलो उपलब्धि भएको औंल्याए। देशलाई समाजवादतर्फ लैजान उद्देश्यले केपी शर्मा ओलीको एमालेसँग एकता गरेको भए पनि उनी प्रतिगमनकारी कित्तामा उभिएको प्रचण्डको आरोप थियो।
‘माओवादी केन्द्र पूरा इमानदारीताका साथ एकताको पक्षमा रहेको भए पनि नियोजित रुपमा पार्टीलाई विभाजन गराइँदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ’, उनले भने, ‘यद्यपि सच्चा र क्रान्तिकारी कम्युनिष्ट धार र प्रतिगमनकारी धारलाई जनताले चिन्न अवसर पाएकाले अन्ततः प्रतिगमनकारीहरु परास्त हुने नै छ।’
‘माओवादी केन्द्र धन र डनदेखि डराउँदैन’
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी धन र डन देखेर नडराउनेसमेत बताए। तत्कालीन सत्तासँगै विद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने कुरा नसोच्न उनले चेतावनी दिए।
उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्नसमेत निर्देशन दिए। ‘विचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भए पनि सम्मान गर्नु तर धन र डनको राजनीति गर्ने बेइमानहरुलाई लखेट्न नडराउनू’, उनले निर्देशनात्मक ढंगले भने।
तत्कालीन जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले उतिबेला जाली फटाहाहरुलाई लखेटे जस्तै गरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्ने समय आएको स्पष्ट पारे।
कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमिका संयोजक विजय श्रेष्ठ, चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथेले समसामयिक राजनीति र नगर क्षेत्रमा पार्टीको नगरभित्रको रिपोर्टिङ प्रस्तुत गरेका थिए।
माओवादी केन्द्र भक्तपुर इन्चार्ज दिलीप प्रजापति भीष्मको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, फ्याक्सन इन्चार्ज सुरेश न्यौपाने, बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, ओम वाग्ले, जिल्ला समन्वय समितिका संयोजक डीपी ढकाललगायतले समसामयिक राजनीति तथा आगामी रणनीति र कार्यदिशाबारे आआफ्नो धारणा राखेका थिए।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












