देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरुद्ध माओवादी आतंक सुरु भयोः प्रचण्ड
‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ’
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक माओवादी आतंक देखिएको बताएका छन्।
पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरूद्ध माओवादी आतंक सुरू भएको बताए।
‘केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो,’ उनले भने, ‘बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो। उनलाई बिदा गरेरै छाडियो।’
प्रचण्डले जिन्दगीभर प्रधानमन्त्री बन्ने सपना बोकेर बालुवाटारमा भव्य दरबार बनाउँदै गरेका ओलीसामु माओवादीले ठूलो आतंक सृजना गरेको दाबी गरे।
‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्, शेरबहादुरजी पनि दंगै पर्नुभएको छ त्यो देखेर,’ प्रचण्डले भने, ‘राजै भएँ दरबार छोड्नु पर्दैन भन्ने भएको रहेछ।’
उनले ओली प्रवृत्तिकासामु फेरि एकपटक माओवादी आतंक हाबी भएको भन्दै त्यो प्रवृत्तिलाई परास्त पार्न पाँच दलीय गठबन्धन लागिरहेको बताए।
उनले सबै प्रदेशमा राज गर्दै बालुवाटारमा ऐस आरामको दिन बिताएका केपी शर्मा ओलीलाई बालकोटमा सीमित गर्न माओवादीले नेतृत्व गरेको बताए।
चितवनमा महाधिवेशन गरेर बदला लिन खोज्दैछन्
अध्यक्ष प्रचण्डले नेकपा एमालेको महाधिवेशन चितवनमा गरेर आफू र माओवादी केन्द्रसँग बदला लिन खोजिएको बताए। माडीमा राम, लक्ष्मण र सीतालाई ल्याएर भिडाउँदा धेरै फाइदा नहुने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवल तय भएको महाधिवेशन यता सारेको उनले बताए।
‘जाली फटाहाहरूसँग त सजिलै लड्न सकिन्थ्यो, राम, सीतासँग लड्ने कुरा आएन,’ प्रचण्डले भने, ‘अध्ययनले प्रमाणित गरे हामी खुसी नै हुन्छौं भनेको थिएँ तर यताबाट फाइदा नदेखेर अब अर्कोतिर लागेछन्।’
बुटवलमा गर्ने तय भएको महाधिवेशन चितवनमा गर्न खोज्नुमा ओलीको पराजय देखेको उनले बताए।
‘मेरो जित उनीहरूको त्यो पराजित मानसिकताबाटै सुरू भइसकेको छ,’ प्रचण्डले भने, ‘चितवनमा महाधिवेशन गर्दा मलाई फाइदा नै हुन्छ।’
प्रचण्डले आफू अब चितवनबाट चुनाव नलड्ने भनेर हल्ला चलाउन थालिएको भन्दै कोही पनि भ्रममा नपर्न अग्रह गरे।
‘कुनै भ्रम नहोस्, कसैले आत्मरती नगरे हुन्छ, म भाग्ने मान्छे होइन भन्ने ओलीलाई पनि थाहा छ राम्रोसँग। त्यही भएर मलाई खोज्दै खोज्दै चितवन आएका छन्,’ उनले भने।
महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ
अध्यक्ष प्रचण्डले जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको बताएका छन्।
‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ,’ प्रचण्डले भने, ‘तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’
उनले जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुने बताए।
‘कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईंहरूले गर्ने हो,’ उनले भने, ‘ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’
उनले माओवादी आगामी निर्वाचनबाट ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे।
‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ उनले भने, ‘यस विषयमा पनि लड्नै छ। सबैले सिद्धियो भनेको माओवादी यो अवस्थामा आएको छ अब ओली प्रवृत्तिलाई पाखा लगाउँदै जनताको पक्षमा काम गर्नुपर्नेछ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












