देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरुद्ध माओवादी आतंक सुरु भयोः प्रचण्ड
‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ’
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक माओवादी आतंक देखिएको बताएका छन्।
पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरूद्ध माओवादी आतंक सुरू भएको बताए।
‘केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो,’ उनले भने, ‘बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो। उनलाई बिदा गरेरै छाडियो।’
प्रचण्डले जिन्दगीभर प्रधानमन्त्री बन्ने सपना बोकेर बालुवाटारमा भव्य दरबार बनाउँदै गरेका ओलीसामु माओवादीले ठूलो आतंक सृजना गरेको दाबी गरे।
‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्, शेरबहादुरजी पनि दंगै पर्नुभएको छ त्यो देखेर,’ प्रचण्डले भने, ‘राजै भएँ दरबार छोड्नु पर्दैन भन्ने भएको रहेछ।’
उनले ओली प्रवृत्तिकासामु फेरि एकपटक माओवादी आतंक हाबी भएको भन्दै त्यो प्रवृत्तिलाई परास्त पार्न पाँच दलीय गठबन्धन लागिरहेको बताए।
उनले सबै प्रदेशमा राज गर्दै बालुवाटारमा ऐस आरामको दिन बिताएका केपी शर्मा ओलीलाई बालकोटमा सीमित गर्न माओवादीले नेतृत्व गरेको बताए।
चितवनमा महाधिवेशन गरेर बदला लिन खोज्दैछन्
अध्यक्ष प्रचण्डले नेकपा एमालेको महाधिवेशन चितवनमा गरेर आफू र माओवादी केन्द्रसँग बदला लिन खोजिएको बताए। माडीमा राम, लक्ष्मण र सीतालाई ल्याएर भिडाउँदा धेरै फाइदा नहुने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवल तय भएको महाधिवेशन यता सारेको उनले बताए।
‘जाली फटाहाहरूसँग त सजिलै लड्न सकिन्थ्यो, राम, सीतासँग लड्ने कुरा आएन,’ प्रचण्डले भने, ‘अध्ययनले प्रमाणित गरे हामी खुसी नै हुन्छौं भनेको थिएँ तर यताबाट फाइदा नदेखेर अब अर्कोतिर लागेछन्।’
बुटवलमा गर्ने तय भएको महाधिवेशन चितवनमा गर्न खोज्नुमा ओलीको पराजय देखेको उनले बताए।
‘मेरो जित उनीहरूको त्यो पराजित मानसिकताबाटै सुरू भइसकेको छ,’ प्रचण्डले भने, ‘चितवनमा महाधिवेशन गर्दा मलाई फाइदा नै हुन्छ।’
प्रचण्डले आफू अब चितवनबाट चुनाव नलड्ने भनेर हल्ला चलाउन थालिएको भन्दै कोही पनि भ्रममा नपर्न अग्रह गरे।
‘कुनै भ्रम नहोस्, कसैले आत्मरती नगरे हुन्छ, म भाग्ने मान्छे होइन भन्ने ओलीलाई पनि थाहा छ राम्रोसँग। त्यही भएर मलाई खोज्दै खोज्दै चितवन आएका छन्,’ उनले भने।
महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ
अध्यक्ष प्रचण्डले जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको बताएका छन्।
‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ,’ प्रचण्डले भने, ‘तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’
उनले जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुने बताए।
‘कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईंहरूले गर्ने हो,’ उनले भने, ‘ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’
उनले माओवादी आगामी निर्वाचनबाट ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे।
‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ उनले भने, ‘यस विषयमा पनि लड्नै छ। सबैले सिद्धियो भनेको माओवादी यो अवस्थामा आएको छ अब ओली प्रवृत्तिलाई पाखा लगाउँदै जनताको पक्षमा काम गर्नुपर्नेछ।’
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












