अग्नि सापकोटा संसदीय व्यवस्थाका कलंक : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलंकलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालले जित्नुपर्छ,’ ओलीले भने । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो अस्थिर चरित्रका कारण कुनै पार्टीमा पनि टिक्न नसक्ने दाबी गरे ।
‘उनको धक्का दिने, क्रमभंग गर्ने र छलाङ मार्ने बानी रहेछ । आफ्नै यो बानीका कारण उनले आफैंलाई धक्का हानेर छलाङ मारेर अहिले माओवादी केन्द्रमा थन्किएका छन्,’ ओलीले आश्चर्य प्रकट गरे, ‘उनले एमाले दक्षिणपन्थी भयो भन्छन्, माओवादी क्रान्तिकारी हो भने कांग्रेसको पछि किन लागेको त ?’
तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्यक्रममा ओलीले नेपालका चाडपर्वहरूले देशको विविधतालाई एकताबद्ध बनाउने बताएका छन् । उनले सिन्धुपाल्चोकमा एमालेका नेता कार्यकर्ता मिलेर पार्टीलाई विभाजनबाट रोकेकोमा कार्यकर्तालाई धन्यवाद दिँदै आफू बन्नका लागि देश बिगार्नेहरूलाई साथ नदिएको भन्दै नेता र कार्यकर्ताहरूको प्रशंसा गरे । सिन्धुपाल्चोकमा एमाले विभाजनअघि माधव नेपाल पक्ष बलियो थियो, तर सो पक्ष अहिले संस्थापनमै बसेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












