अग्नि सापकोटा संसदीय व्यवस्थाका कलंक : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलंकलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालले जित्नुपर्छ,’ ओलीले भने । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो अस्थिर चरित्रका कारण कुनै पार्टीमा पनि टिक्न नसक्ने दाबी गरे ।
‘उनको धक्का दिने, क्रमभंग गर्ने र छलाङ मार्ने बानी रहेछ । आफ्नै यो बानीका कारण उनले आफैंलाई धक्का हानेर छलाङ मारेर अहिले माओवादी केन्द्रमा थन्किएका छन्,’ ओलीले आश्चर्य प्रकट गरे, ‘उनले एमाले दक्षिणपन्थी भयो भन्छन्, माओवादी क्रान्तिकारी हो भने कांग्रेसको पछि किन लागेको त ?’
तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्यक्रममा ओलीले नेपालका चाडपर्वहरूले देशको विविधतालाई एकताबद्ध बनाउने बताएका छन् । उनले सिन्धुपाल्चोकमा एमालेका नेता कार्यकर्ता मिलेर पार्टीलाई विभाजनबाट रोकेकोमा कार्यकर्तालाई धन्यवाद दिँदै आफू बन्नका लागि देश बिगार्नेहरूलाई साथ नदिएको भन्दै नेता र कार्यकर्ताहरूको प्रशंसा गरे । सिन्धुपाल्चोकमा एमाले विभाजनअघि माधव नेपाल पक्ष बलियो थियो, तर सो पक्ष अहिले संस्थापनमै बसेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












