१० औं महाधिवेशनपछि यस्तो हुनेछ एमालेको केन्द्रीय संरचना
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनमा हुँदैछ । संघीय मोडेलमा गएपछि एमालेको यो पहिलो महाधिवेशन हो । यसअघि ०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले पुरानै संरचना अनुसार नयाँ नेतृत्व चयन गरेको थियो ।
असोज दोस्रो साता ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले नेकपा एमालेको विधान, २०४९ संशोधन गरी संघीय संरचना अनुसार नयाँ विधान बनाएको छ ।
नयाँ विधान अनुसार एमालेको संगठनात्मक संरचना मुलभूतरूपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको हुनेछ ।संशोधित विधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य गरेको छ भने समावेशी सहभागितालाई समेत सुनश्चित गरेको छ ।
विधान बमोजिम तोकिएको मापदण्ड पूरा नभए महिला र समावेशीतर्फको सिट संख्या खाली रहने व्यवस्था छ । विधान अनुसार पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय निकायको पदाधिकारी तथा सदस्य बन्न पुरूषलाई १० वर्ष र महिला तथा जनाजातिको हकमा ७ वर्ष पार्टीको सदस्य भएर काम गर्नुपर्नेछ ।
संशोधित विधान अनुसार एमालेको २२५ सदस्य केन्द्रीय कमिटी रहनेछ । निर्वाचित नयाँ केन्द्रीय कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि मंसिर ११ गते मनोनय दर्ता र १२ गते निर्वाचन हुने निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन् ।
कात्तिक १२ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरू सम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो ।
संशोधित विधान अनुसार एमाले १५ पदाधिकारी, २१० केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यस्तै केन्द्रीय निकायको रूपमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोग रहने व्यवस्था छ ।
पदाधिकारीमा अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासविच–१, उप–महासचिव–१ र सचिव–७ जना रहेनछन् । निर्वतमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा ९८ जना खुला क्षेत्रबाट आउनेछन् । ती मध्ये ६० खुला र ३८ महिला हुनेछन् । यसैगरी समावेशी क्षेत्रबाट ६६ जना निर्वाचित हुनेछन् । ती मध्ये ४५ खुला र २१ महिला हुनेछन् । यसरी जम्म १६४ मध्ये १०५ खुला र ५९ महिला निर्वाचित हुनेछन् ।
यस्तो हुनेछ एमालेको संशोधित विधान अनुसार नयाँ केन्द्रीय कमिटी र केन्द्रीय निकायको संरचना
पदाधिकारी(खुल्ला)–१५
अध्यक्ष–१
वरिष्ठ उपाध्यक्ष–१
उपाध्यक्ष–४
महासविच–१
उप–महासचिव–१
सचिव– ७
भौगोलिक क्षेत्र : ४६ (खुला ३०/महिला १६)
प्रदेश १ : खुला ४ महिला २
प्रदेश २ : खुला ४ महिला २
वाग्मती : खुला ४ महिला २
गण्डकी : खुला ४ महिला २
लुम्बिनी : खुला ४ महिला २
कर्णाली : खुला ४ महिला २
सुदूरपश्चिम : खुला ४ महिला २
उपत्यका विशेष : खुला १ महिला १
सम्पर्क समन्वय : खुला १ महिला १
सामावेशी र खुला क्षेत्र : १६४ (१०७/महिला ५७)
आदिवासी जनजाति–२२ खुला १५ महिला ७
मधेशी–१६ खुला ११ महिला ५
दलित–१० खुला ७ महिला ३
थारु–६ खुला ४ महिला २
मुस्लिम–४ खुला ३ महिला १
श्रमिक–५ खुला ३ महिला १
पिछडिएको क्षेत्र–३ खुला २ महिला १
केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू
अध्यक्ष–१ खुला
उपाध्यक्ष–१ खुला
सचिव–१ खुला
सदस्य–७ खुला महिला ५
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












