एमाले निर्वाचन आयोगका अध्यक्ष सुब्बा भन्छन्- मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै सूची बाँड्नु गलत
साैराहा । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै पर्चा बाँड्नु गलत भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावललगायत उम्मेदवारलाई भोट नहाल्न सूची नै मतदान स्थलमा वितरण गरेका थिए।
आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।
आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।
यो पनि: मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति
आयोगका अध्यक्ष सुब्बाले पनि त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिसकेको बताए।
‘मतदानस्थलमा कसैलाई भोट नहाल भन्ने सूची बाँड्नु आचारसंहिता विपरीत काम हो। पर्चा हटाउन प्रहरीलाई भनिसकिएको छ,’ सुब्बाले भने, ‘यो गतल हो। म भित्र छु। बाहिर पर्चा बाँडेको भन्ने छ। पर्चा हटाउन प्रहरीलाई आग्रह गरेपछि अहिले कम भयो होला।’
मतदानस्थलमा यसरी कसैका पक्ष वा विपक्षमा सूची नै बनाएर भोट हाल वा नहाल भन्न नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्।
भोट नहाल भनेर सूची नै वितरण गरिनु अलोकतान्त्रिक हुने पनि उनको भनाइ छ।
‘मतदान सुरू भइसकेपछि लाइनमा बसेकाहरूलाई मलाई मत देऊ भन्न पनि पाइँदैन नदेऊ भन्न पनि पाइँदैन,’ उप्रेतीले भने, ‘चुनाव हुनु भनेको लोकतान्त्रिक पद्धती हो। यदी विधिवत रूपमा दल चलेको छ भने प्रचारप्रसारका लागि समय तोकिनुपर्छ।’
निर्वाचन प्रक्रिया सुरू भयो र प्रचारप्रसारका समय सकियो भने कसैलाई भोट हाल वा नहाल भन्न नमिल्ने उनले बताए।
‘चुनावी प्रक्रिया सुरू भएपछि कसैलाई मत दिनु र नदिनु भनेर बोल्न, लेख्न वा प्रचारप्रसार गरिनु हुन्न। यदी गरियो भने यो लोकतान्त्रिक प्रक्रियाभन्दा फरक हुन्छ,’ उनले भने।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












