एमाले निर्वाचन आयोगका अध्यक्ष सुब्बा भन्छन्- मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै सूची बाँड्नु गलत
साैराहा । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै पर्चा बाँड्नु गलत भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावललगायत उम्मेदवारलाई भोट नहाल्न सूची नै मतदान स्थलमा वितरण गरेका थिए।
आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।
आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।
यो पनि: मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति
आयोगका अध्यक्ष सुब्बाले पनि त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिसकेको बताए।
‘मतदानस्थलमा कसैलाई भोट नहाल भन्ने सूची बाँड्नु आचारसंहिता विपरीत काम हो। पर्चा हटाउन प्रहरीलाई भनिसकिएको छ,’ सुब्बाले भने, ‘यो गतल हो। म भित्र छु। बाहिर पर्चा बाँडेको भन्ने छ। पर्चा हटाउन प्रहरीलाई आग्रह गरेपछि अहिले कम भयो होला।’
मतदानस्थलमा यसरी कसैका पक्ष वा विपक्षमा सूची नै बनाएर भोट हाल वा नहाल भन्न नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्।
भोट नहाल भनेर सूची नै वितरण गरिनु अलोकतान्त्रिक हुने पनि उनको भनाइ छ।
‘मतदान सुरू भइसकेपछि लाइनमा बसेकाहरूलाई मलाई मत देऊ भन्न पनि पाइँदैन नदेऊ भन्न पनि पाइँदैन,’ उप्रेतीले भने, ‘चुनाव हुनु भनेको लोकतान्त्रिक पद्धती हो। यदी विधिवत रूपमा दल चलेको छ भने प्रचारप्रसारका लागि समय तोकिनुपर्छ।’
निर्वाचन प्रक्रिया सुरू भयो र प्रचारप्रसारका समय सकियो भने कसैलाई भोट हाल वा नहाल भन्न नमिल्ने उनले बताए।
‘चुनावी प्रक्रिया सुरू भएपछि कसैलाई मत दिनु र नदिनु भनेर बोल्न, लेख्न वा प्रचारप्रसार गरिनु हुन्न। यदी गरियो भने यो लोकतान्त्रिक प्रक्रियाभन्दा फरक हुन्छ,’ उनले भने।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












