मलाई अर्थतन्त्र नबुझेको भन्ने महासयलाई ७% को आर्थिक वृद्धि गरेर जवाफ दिन्छु- अर्थमन्त्री
काठमाडौँ अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन् ।
अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।
आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । ‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो’, शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए । यो आलोचना आफ्ना लागि ‘गरेर देखाउने’ चुनौतिका रुपमा लिएको उनले बताएका छन् । ‘को जान्ने, को नजान्ने भनिरहेका महासयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।’प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।
अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।
‘अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने । तर अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए । अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए ।
‘ठूलो संकट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन । खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












