मलाई अर्थतन्त्र नबुझेको भन्ने महासयलाई ७% को आर्थिक वृद्धि गरेर जवाफ दिन्छु- अर्थमन्त्री
काठमाडौँ अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन् ।
अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।
आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । ‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो’, शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए । यो आलोचना आफ्ना लागि ‘गरेर देखाउने’ चुनौतिका रुपमा लिएको उनले बताएका छन् । ‘को जान्ने, को नजान्ने भनिरहेका महासयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।’प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।
अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।
‘अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने । तर अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए । अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए ।
‘ठूलो संकट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन । खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












