“खेलाडीहरुले वर्गीकरणमा त्रुटी भएको भन्दैमा यति ठूलो कारवाही गलत भयो, फिर्ता हुनुपर्छ”: क्यान बोर्ड सदस्य लामा
काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका चार खेलाडीहरुमाथि गरेको कारवाहीको निर्णय गलत भएको क्यानका बोर्ड सदस्य छुम्वी लामाले बताएका छन ।
हिजो बसेको क्यानको भर्चुअल बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा कप्तान ज्ञानेन्द्र मल्लसहित चारजनालाई कारवाहीको निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको छ । यस्तै दीपेन्द्रसिंह ऐरीलाई पनि उपकप्तानबाट पदमुक्त गरिएको छ ।
क्यानको निर्णय तीव्र विवादित बनेको छ । क्यानकै बोर्ड सदस्यहरुले यसमा खुल्ला असहमति जनाएका छन् ।
नोट अफ डिसेन्ट लेख्ने एक बोर्ड सदस्य छुम्बी लामा क्यानको निर्णय गलत र पूर्वाग्रही रहेको बताउँछन् । यसले नेपाली क्रिकेटलाई थप अस्थिर र अस्तव्यस्त बनाउने भन्दै उनले निर्णय सच्याउनै पर्नेमा जोड दिए
संघको निर्णयमा ६ जना बोर्ड सदस्यहरुले नोट अफ डिसेन्ट लेखेका थिए । क्यानमा १७ जना बोर्ड सदस्य रहेकोमा हिजोको वैठकमा १५ जना उपस्थित थिए । ६ जनाको असहमतिका बाबजुद बहुमतका आधारमा क्यानले निर्णय लिएको हो ।
लामाले भने, ‘क्यान खेलाडीहरुको अभिभावक संस्था हो । खेलाडीहरुले वर्गीकरणमा त्रुटी भएको भन्दैमा यति ठूलो कारवाहीको निर्णय लिनु आपत्तिजनक छ ।’
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












