माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : शक्ति प्रदर्शन नगरिने, पाहुना नबोलाइने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगरिने भएको छ ।
यही पुस ११–१३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा अरू दलका नेताहरूलाई निम्तो पनि नदिइने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । पार्टीको महाधिवेशन नभएकाले अरू दलका नेता र विदेशी पाहुनालाई निमन्त्रणना नगरिने उनको भनाइ छ ।
“अन्य दलका नेता र विदेशी पाहुनालाई महाधिवेशनमा बोलाइन्छ । यो सम्मेलन भएकाले आन्तरिक हुन्छ । अरू दललाई बोलाउने कार्यक्रम छैन,” उनले भने ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा करिब १५ सयजना सहभागी हुनेछन् । “सम्मेलनमा लगभग १५ सयजनाको सहभागिता हुन्छ । अध्यक्षले उद्घाटन गर्नुहुन्छ,” पोखरेलले भने ।
पुस ११ गते सम्मेलनको उद्घाटन गरिनेछ । १२ गतेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, समसमायिक, विधानलगायत दस्तावेज प्रस्तुत हुनेछन् ।
“११ गते उद्घाटनसत्र हुन्छ । १२ गतेबाट बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमा दस्तावेज पेस हुन्छन् । दस्तावेजमाथि छलफल हुन्छ,” ढकालले भने, “छलफलको निष्कर्ष आवश्यक सुझावसहित पेस हुन्छ । उठेका विषयमा अध्यक्षले जवाफ दिनुहुन्छ । सुझावसहित प्रस्ताव पारित हुन्छ ।”
दस्तावेज पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुनेछ । हालको विधान संशोधन नभए २९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । विधान संशोधन गरेर ११–१५ जनासम्मको पदाधिकारी बनाउने तयारी पनि गरिएको छ ।
राष्ट्रिय सम्मेलनको केही समयपछि अर्को कार्यक्रममार्फत शक्ति प्रदर्शन गरिने नेताहरू बताउँछन् । शक्ति प्रदर्शन नगरी राष्ट्रिय सम्मेलन गर्न लागिएको ढकालले बताए । राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन भोलि पत्रकार सम्मेलन आयोजना गर्ने तयारी छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












