माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : शक्ति प्रदर्शन नगरिने, पाहुना नबोलाइने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगरिने भएको छ ।
यही पुस ११–१३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा अरू दलका नेताहरूलाई निम्तो पनि नदिइने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । पार्टीको महाधिवेशन नभएकाले अरू दलका नेता र विदेशी पाहुनालाई निमन्त्रणना नगरिने उनको भनाइ छ ।
“अन्य दलका नेता र विदेशी पाहुनालाई महाधिवेशनमा बोलाइन्छ । यो सम्मेलन भएकाले आन्तरिक हुन्छ । अरू दललाई बोलाउने कार्यक्रम छैन,” उनले भने ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा करिब १५ सयजना सहभागी हुनेछन् । “सम्मेलनमा लगभग १५ सयजनाको सहभागिता हुन्छ । अध्यक्षले उद्घाटन गर्नुहुन्छ,” पोखरेलले भने ।
पुस ११ गते सम्मेलनको उद्घाटन गरिनेछ । १२ गतेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, समसमायिक, विधानलगायत दस्तावेज प्रस्तुत हुनेछन् ।
“११ गते उद्घाटनसत्र हुन्छ । १२ गतेबाट बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमा दस्तावेज पेस हुन्छन् । दस्तावेजमाथि छलफल हुन्छ,” ढकालले भने, “छलफलको निष्कर्ष आवश्यक सुझावसहित पेस हुन्छ । उठेका विषयमा अध्यक्षले जवाफ दिनुहुन्छ । सुझावसहित प्रस्ताव पारित हुन्छ ।”
दस्तावेज पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुनेछ । हालको विधान संशोधन नभए २९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । विधान संशोधन गरेर ११–१५ जनासम्मको पदाधिकारी बनाउने तयारी पनि गरिएको छ ।
राष्ट्रिय सम्मेलनको केही समयपछि अर्को कार्यक्रममार्फत शक्ति प्रदर्शन गरिने नेताहरू बताउँछन् । शक्ति प्रदर्शन नगरी राष्ट्रिय सम्मेलन गर्न लागिएको ढकालले बताए । राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन भोलि पत्रकार सम्मेलन आयोजना गर्ने तयारी छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












