सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् ।
अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।
‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ‘नेता र विज्ञहरुसँग सरसल्लाह र छलफल त हुने नै भयो, तर राइटिङको काम उहाँ आफैले गर्नुभएको छ’, ती सदस्यको भनाइ छ ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने सोचअनुरुप प्रचण्डले दस्तावेज तयार गरेको बुझिएको छ । प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
‘बिहीबार अध्यक्षको डकुमेन्ट तयार भयो भने शुक्रबार स्थायी कमिटी बैठक बस्छ र छलफल हुन्छ’, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भने, ‘अवको पार्टी कस्तो हुने र कसरी अघि बढ्ने भन्ने विषयको निर्क्योल अध्यक्षको डकुमेन्टमा धेरै भर पर्छ ।’ पछिल्लो समय नेकपा माओवादीका नेता कार्यकर्ताहरु दलाल पुँजीवादी वर्गको मतियार बनेको तथा नेतृत्व पंक्ति नै क्रान्तिकारी विचार र सिद्धान्तबाट च्युत हुँदै आएको गुनासो बढ्दै गएको छ ।
माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पुस ११ देखि सुरु हुने सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा गर्दै भावी योजना र कार्यक्रम बनाउने जानकारी दिए । ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












