सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् ।
अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।
‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ‘नेता र विज्ञहरुसँग सरसल्लाह र छलफल त हुने नै भयो, तर राइटिङको काम उहाँ आफैले गर्नुभएको छ’, ती सदस्यको भनाइ छ ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने सोचअनुरुप प्रचण्डले दस्तावेज तयार गरेको बुझिएको छ । प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
‘बिहीबार अध्यक्षको डकुमेन्ट तयार भयो भने शुक्रबार स्थायी कमिटी बैठक बस्छ र छलफल हुन्छ’, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भने, ‘अवको पार्टी कस्तो हुने र कसरी अघि बढ्ने भन्ने विषयको निर्क्योल अध्यक्षको डकुमेन्टमा धेरै भर पर्छ ।’ पछिल्लो समय नेकपा माओवादीका नेता कार्यकर्ताहरु दलाल पुँजीवादी वर्गको मतियार बनेको तथा नेतृत्व पंक्ति नै क्रान्तिकारी विचार र सिद्धान्तबाट च्युत हुँदै आएको गुनासो बढ्दै गएको छ ।
माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पुस ११ देखि सुरु हुने सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा गर्दै भावी योजना र कार्यक्रम बनाउने जानकारी दिए । ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












