विवाद समाधानपछि ज्ञानेन्द्र मल्ल भन्छन्- म सँधै कप्तान हुनुपर्छ भन्ने छैन
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचको विवाद समाधानपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म सधैँलाई कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु,’ उनले भने ।
यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो ।
उनीहरूसँगै क्रिकेटर कमल सिंह ऐरी र सोमपाल कामीलाई पिन सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झोताबाट बाहिर राख्ने निर्णय गरेको थियो ।
यस्तै, क्यानले कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । यससँगै क्यान र खेलाडीबीच विवाद चर्किएको थियो ।
खेलाडीले राष्ट्रिय टोलीबाट नखेल्ने बताउँदै आएका थिए भने क्यान कारबाही फिर्ता नलिने मुडमा थियो । तर, गठबन्धन सरकारदेखि शीर्षस्तरमै विवाद पुग्न थालेपछि खेलाडी र क्यान एक कदम पछाडि फर्केर छलफल सुरू भएको थियो । सोमबारको छलफलमा क्यान र खेलाडीबीच सहमति भएपछि विवाद अन्त्य भएको छ ।
ज्ञानेन्द्रलगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाहीसमेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएके छ ।
यससँगै विवादमा उत्रिएका खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका हुन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेका छन् भने सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल भएनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्ये २८ खेलाडी सामेल भए ।
प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने पनि बताए ।
‘विवाद समाप्त भएर हामी यही छौँ । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरूको असन्तुष्टि हो ।’ मल्लले भने ।
ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए ।
‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउन खोजेको होइन । त्यो गर्ने भए हामी अरु पनि बाटो अपनाउथ्यौँ होला । जान्थ्यौै होला । खेल्दैन थियौै होला । तर, यत्रो बर्ष केही नहुँदा पनि खेलिरहेको छौँ भने अहिले एउटा सम्मानजनक स्थिति छ । सधैँ सम्बोधन हुनुपर्यो । भन्दा अरु अरु आरोप लगाउँदा दुस्ख लाग्यो । यो आत्मासम्मानको कुराले मलाई अफ्ठयारो परेको थियो ।’
यस्तै, मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए । साथै, देशको लागि खेल्ने उदेश्य रहेको बताए । दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












