१७१ देशसँग नेपालको कूटनीतिक सम्बन्ध, छिमेकीसँग सम्बन्ध बलियो बनेको सरकारको दावी (पूर्णपाठ)
काठमाडौं । सरकारले सन् २०२१ मा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र भारत तथा चीनसहितका छिमेकी मुलुकसँगको सम्बन्ध बलियो भएको बताएको छ ।
सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले कोभिड-१९ महामारीको चुनौतिको बाबजुद पनि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको जनाएको हो ।
नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १७१ पुगेको बताउँदै मन्त्रालयले पछिल्लो वर्ष गाम्बिया, सियरालिओन र कमन वेल्थ अफ कोमिनिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको जनाएको छ ।
सन् १८१६ मा नेपालले पहिलोपटक बेलायतसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको थियो । सन् १९४७ मा अमेरिका र भारतसँग सम्बन्ध विस्तार भएको थियो । सो संख्यामा वृद्धि भएर अहिले १७१ पुगेको हो ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोनाभाइरसको दोस्रो लहरले नेपाललाई खोप कूटनीति संचालन गर्नतर्फ अग्रसर तुल्याएको बताएका छन् ।
‘विदेश नीति संचालन गर्ने क्रममा मैले स्वदेशमा राष्ट्रिय सहमति जुटाउने प्रयास गरेको छु’ प्रतिवेदनमा मन्त्री खड्काले भनेका छन्, ‘हाम्रा निकट छिमेकी, छिमेकी र क्षेत्रीय तथा अन्य मित्रराष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध थप बलियो भएको छ ।’
परराष्ट्र नीति निर्माणसहित उच्चस्तरीय भ्रमण, उच्चस्तरीय संवाद र आर्थिक कूटनीतिलाई मन्त्रालयले सन् २०२१ का महत्वपूर्ण प्रगतिको रुपमा व्याख्या गरेको छ ।
गतवर्ष नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनेको बताउँदै मन्त्रालयले सीमापार पेट्रोलियम पाइपलाइन, रेलवे, एकीकृत चेक प्वाइन्ट, भूकम्पपछिको पुननिर्माण भारतसँगको सहकार्यमा पुरा भएको उल्लेख छ ।
उत्तर छिमेकी चीनसँग पञ्चशिलको सिद्धान्तअनुसार सुमधुर सम्बन्ध रहिआएको र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत मन्त्रालयले जनाएको छ ।
दक्षिण एसियाली मुलुक, पूर्वी एसिया, पूर्वी एसिया र प्रशान्त क्षेत्रीय मुलुकहरु, मध्य एसिया-पश्चिम एसिया र अफ्रिका, युरोप तथा अमेरिकी मुलुकसँग नेपालको सम्बन्ध र कूटनीतिक उपलब्धीको रुपमा प्रतिवेदनमा चर्चा गरिएको छ ।
सार्क, बिमस्टेक, एसिया कोअपरेसन डायलग, सांघाइ कोअपरेसन अर्गनाइजेसनजस्ता क्षेत्रीय संगठनमा नेपालले सक्रिय भूमिका खेलेको जनाइएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा राहदानी विभागले कूल ६८ लाख एमआरपी पासपोर्ट वितरण गरेको पनि मन्त्रालयले जनाएको छ । कोभिड-१९ महामारीको क्रममा छिमेकी मुलुक भारत र चीनदेखि अमेरिका लगायत अन्य मुलुकहरूले गरेको स्वास्थ्य सामग्री र खोप सहयोगलाई प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिको आयोजनामा ग्लोबल डेमोक्रेसी फोरममा गरेको सम्बोधन र स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागितालाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नेपालले पहिलो पटक गत वर्ष जारी गरेको नेपालको परराष्ट्र नीति-२०२० जारी गरिएको, नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा फेरि सदस्य निर्वाचित भएको तथा नेपाल संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ दोस्रो स्थानमा उक्लिएको उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












