के हो क्रिप्टो करेन्सी, नेपालमा प्रतिवन्ध किन ?
यो युग सुचना प्रबिधि को युग हो। सूचना प्रबिधि को बिकाश ले नयाँ नयाँ अवसर सङै चुनौतीहरु पनि सिर्जना गरको पाइनछ।
नेटवर्किङ व्यवसाय सुचना प्रबिधि संगै जोडिएर आयको व्यवसाय हो। अहिले विदेशमा मात्रै नभएर नेपालमा पनि क्रिप्टोकरेन्सीको चर्चा सुन्न हुन थालेको छ। क्रिप्टो करेन्सी ( डिजिटल )एउटा अर्को अवसर संगै चुनौती हो। के क्रिप्टो बन्द गर्न जरुरी छ वा छैन आज को बहस को बिसय भएको छ।
प्रबिधिको बिकासमा यस्ता कार्य रोक्न खोज्नु पनि उत्तिकै जटिल रहेको पाइनछ। कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सुत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन) ग्लोबल करेनशी को अबधारणा हो यसलाइ क्रिप्टो तथा भर्चुअल करेन्सी पनि भनिन्छ। यो स्वतनत्र मुद्रा हो जसको कुनै मालिक हुँदैन। यो कुनै राज्य, संस्था को नियन्त्रणमा पनि हुँदैन।
यसको कुनै पनि देशमा नियमनकारी निकाय छैन। Bitcoin को नाम बाट २००९ मा येस्को सुरुवात भएको थियोे। स्वभावले मानिस फाइदाजनक सेक्टर मा अर्थिक लगानी गर्न खोजछ। आफूले मेहनत गरेर कमाएको पैसा दोब्बर वा तेब्बर बनाउँछु भन्ने सोच आउनु स्वाभाविक नै हो। छोटो समयमा उच्च प्रोफीट कमाउन चाहानछ। अझै काम नै नगरि कामाउने सपना देखछ। हाल जानेर वा अर्काको देखासिकि मा ला मानिसहरु क्रिप्टोकरेन्सीमा लगानी गर्ने क्रम पछीलो समय मा उच्च भएको छ।
बर्तमान समयमा आएर क्रिप्टो आर्थिक सेन्सरसीप संग जोडिएको छ। हाल सम्म नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता पाएको छैन। नेपाल को सन्दर्भ मा यो अबैध बिनिमय कारोबार हो जस्ले नेपालको अर्थतन्त्रलाई गम्भीर असर पुराउछ। यो मार्फत अबैध तरिका ले स्वदेशी रकम बाहिरिनछ र स्वदेशी पुँजी पलायन हुन्छ।
यसका साथै बिदेश बाट नेपाल भित्रिने विप्रेषण पनि उतै रोकियको पाइन्छ। क्रिप्टो मा लगानीले कर्जाको माग पनि बढी हुन्छ। नेपालमा सहज रुपमा पुँजी बजारमा आउने बाटो एनआरएनलाई खुला छैन तेसकारन पनि क्रिप्टोकरेन्सी मा लागानि गरने चलन छ। नेपाल जस्तो सानो र सँकुचित अर्थतन्त्र भएको देशलाई यसले ठूलो क्षति पुर्याउन सक्छ । यसका कारण स्वदेशमा सञ्चित विदेशी मुद्रा विदेश नै गइरहेको पाइन्छ। कतिपय अबैध कारोबार मा पनि येस्को प्रयोग गर्न सकिने अवस्था बिधमान रहेको पाइन्छ। नेपाल को अर्थतन्त्र असन्तुलन हुनु मा पनि येस्तो भर्चुअल कारोबर जिम्मेवार रहन्छ।
अमेरिका, चिन, बेलायत, टर्की, भारत जस्ता ठूला देश पनि यसको नियन्त्रणमा लागिरहेका छन्। नेपाल मा नेपाल बैंकर्स एसोसिएसन ले नेपालमा क्रिप्टो करेन्सीको कारोबारमा संलग्न हुने माथि कारबाही हुने चेतावनी दिएको छ। सर्वोच्च अदालतले पनि यो व्यवसाय कानूनी होइन भनेर फैसला गरेको छ । नेपाल राष्ट्र बैंकले पनि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीको कारोबार गर्ने कार्य भएको पाइएमा कानूनी कारबाही हुने स्पस्ट पारेको छ।
नेपालमा नेटवर्किङ व्यवसाय गर्नु गैरकानुनी कार्य हो। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले पिरामिड शैलीमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ। भोलि येस बाट ठगियो भने पनि सरकार ले सहयोग गर्ने अवस्था छैन। येस्को कारोबार प्रणालीलाई औपचारिक बनाउन पनि कठिन छ । येस्तो भर्चुअल कारोबार ले कुनै पनि बेला बैंकिङ कारोबार वा प्रणाली नै क्र्यास गराउन सक्ने हुन्छ। नेपालमा बिदेशी बिनिमय ऐन २०१९ ले डलर को कारोबार गर्न पनि बन्देज गरेको अवस्था छ। येस्को बारेमा अझै गहन अध्यन गरेर क्रिप्टो करेन्सीको कारोबार लाइ नियन्त्रण वा नियमित के गर्दा उपयुुक्त हुने हो त्यस सम्बन्धित केही कानूनी प्राबधानहरु निर्माण गर्नु जरुरी देखिन्छ। येस्को अध्यनको लागि आयोग गठन गर्न सकिन्छ।
कुनै पनि प्रकार को कारोबार वा क्रिप्टोकरेन्सी व्यवसाय को फाइदा र बेफाइदा दुबै हेर्नुपर्छ। यो व्यवसायलाई पनि बैधानिक बनाएर राज्य ले अर्थिक फाइदा लिन सक्ने आधार खोज्न सकिन्छ। यस बाट आर्जन गरको रकम मा कर लगाउन सकिन्छ जस्ले राजस्व संकलन बडाउछ। बिश्वको बदलिदो परिस्थिति सङै पैसा पनि फीजीकल बाट डीजीटल मा चेन्ज हुदै गयको अवस्था मा येस्को सम्भावना, अवसर, चुनौती र समाज वा समग्र बिश्व को अर्थिक सेक्टर मा यसले पार्ने प्रभाव लाइ हेर्नुपर्छ र उपयुक्त निति, कानुन को तर्जमा गर्नुपर्छ । यादि क्रिप्टोकरेन्सी मुद्रा नभई प्राविधिक पदार्थ, सफ्टवेअर वा एपका रूपमा कसैले प्रयोग गरेको हो भने त्यो राष्ट्र ब्याङ्कको नियन्त्रण को दायरामा पर्दैन।
(लेखक अधिबक्ता हुनुहुन्छ)
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












