के हो क्रिप्टो करेन्सी, नेपालमा प्रतिवन्ध किन ?
यो युग सुचना प्रबिधि को युग हो। सूचना प्रबिधि को बिकाश ले नयाँ नयाँ अवसर सङै चुनौतीहरु पनि सिर्जना गरको पाइनछ।
नेटवर्किङ व्यवसाय सुचना प्रबिधि संगै जोडिएर आयको व्यवसाय हो। अहिले विदेशमा मात्रै नभएर नेपालमा पनि क्रिप्टोकरेन्सीको चर्चा सुन्न हुन थालेको छ। क्रिप्टो करेन्सी ( डिजिटल )एउटा अर्को अवसर संगै चुनौती हो। के क्रिप्टो बन्द गर्न जरुरी छ वा छैन आज को बहस को बिसय भएको छ।
प्रबिधिको बिकासमा यस्ता कार्य रोक्न खोज्नु पनि उत्तिकै जटिल रहेको पाइनछ। कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सुत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन) ग्लोबल करेनशी को अबधारणा हो यसलाइ क्रिप्टो तथा भर्चुअल करेन्सी पनि भनिन्छ। यो स्वतनत्र मुद्रा हो जसको कुनै मालिक हुँदैन। यो कुनै राज्य, संस्था को नियन्त्रणमा पनि हुँदैन।
यसको कुनै पनि देशमा नियमनकारी निकाय छैन। Bitcoin को नाम बाट २००९ मा येस्को सुरुवात भएको थियोे। स्वभावले मानिस फाइदाजनक सेक्टर मा अर्थिक लगानी गर्न खोजछ। आफूले मेहनत गरेर कमाएको पैसा दोब्बर वा तेब्बर बनाउँछु भन्ने सोच आउनु स्वाभाविक नै हो। छोटो समयमा उच्च प्रोफीट कमाउन चाहानछ। अझै काम नै नगरि कामाउने सपना देखछ। हाल जानेर वा अर्काको देखासिकि मा ला मानिसहरु क्रिप्टोकरेन्सीमा लगानी गर्ने क्रम पछीलो समय मा उच्च भएको छ।
बर्तमान समयमा आएर क्रिप्टो आर्थिक सेन्सरसीप संग जोडिएको छ। हाल सम्म नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता पाएको छैन। नेपाल को सन्दर्भ मा यो अबैध बिनिमय कारोबार हो जस्ले नेपालको अर्थतन्त्रलाई गम्भीर असर पुराउछ। यो मार्फत अबैध तरिका ले स्वदेशी रकम बाहिरिनछ र स्वदेशी पुँजी पलायन हुन्छ।
यसका साथै बिदेश बाट नेपाल भित्रिने विप्रेषण पनि उतै रोकियको पाइन्छ। क्रिप्टो मा लगानीले कर्जाको माग पनि बढी हुन्छ। नेपालमा सहज रुपमा पुँजी बजारमा आउने बाटो एनआरएनलाई खुला छैन तेसकारन पनि क्रिप्टोकरेन्सी मा लागानि गरने चलन छ। नेपाल जस्तो सानो र सँकुचित अर्थतन्त्र भएको देशलाई यसले ठूलो क्षति पुर्याउन सक्छ । यसका कारण स्वदेशमा सञ्चित विदेशी मुद्रा विदेश नै गइरहेको पाइन्छ। कतिपय अबैध कारोबार मा पनि येस्को प्रयोग गर्न सकिने अवस्था बिधमान रहेको पाइन्छ। नेपाल को अर्थतन्त्र असन्तुलन हुनु मा पनि येस्तो भर्चुअल कारोबर जिम्मेवार रहन्छ।
अमेरिका, चिन, बेलायत, टर्की, भारत जस्ता ठूला देश पनि यसको नियन्त्रणमा लागिरहेका छन्। नेपाल मा नेपाल बैंकर्स एसोसिएसन ले नेपालमा क्रिप्टो करेन्सीको कारोबारमा संलग्न हुने माथि कारबाही हुने चेतावनी दिएको छ। सर्वोच्च अदालतले पनि यो व्यवसाय कानूनी होइन भनेर फैसला गरेको छ । नेपाल राष्ट्र बैंकले पनि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीको कारोबार गर्ने कार्य भएको पाइएमा कानूनी कारबाही हुने स्पस्ट पारेको छ।
नेपालमा नेटवर्किङ व्यवसाय गर्नु गैरकानुनी कार्य हो। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले पिरामिड शैलीमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ। भोलि येस बाट ठगियो भने पनि सरकार ले सहयोग गर्ने अवस्था छैन। येस्को कारोबार प्रणालीलाई औपचारिक बनाउन पनि कठिन छ । येस्तो भर्चुअल कारोबार ले कुनै पनि बेला बैंकिङ कारोबार वा प्रणाली नै क्र्यास गराउन सक्ने हुन्छ। नेपालमा बिदेशी बिनिमय ऐन २०१९ ले डलर को कारोबार गर्न पनि बन्देज गरेको अवस्था छ। येस्को बारेमा अझै गहन अध्यन गरेर क्रिप्टो करेन्सीको कारोबार लाइ नियन्त्रण वा नियमित के गर्दा उपयुुक्त हुने हो त्यस सम्बन्धित केही कानूनी प्राबधानहरु निर्माण गर्नु जरुरी देखिन्छ। येस्को अध्यनको लागि आयोग गठन गर्न सकिन्छ।
कुनै पनि प्रकार को कारोबार वा क्रिप्टोकरेन्सी व्यवसाय को फाइदा र बेफाइदा दुबै हेर्नुपर्छ। यो व्यवसायलाई पनि बैधानिक बनाएर राज्य ले अर्थिक फाइदा लिन सक्ने आधार खोज्न सकिन्छ। यस बाट आर्जन गरको रकम मा कर लगाउन सकिन्छ जस्ले राजस्व संकलन बडाउछ। बिश्वको बदलिदो परिस्थिति सङै पैसा पनि फीजीकल बाट डीजीटल मा चेन्ज हुदै गयको अवस्था मा येस्को सम्भावना, अवसर, चुनौती र समाज वा समग्र बिश्व को अर्थिक सेक्टर मा यसले पार्ने प्रभाव लाइ हेर्नुपर्छ र उपयुक्त निति, कानुन को तर्जमा गर्नुपर्छ । यादि क्रिप्टोकरेन्सी मुद्रा नभई प्राविधिक पदार्थ, सफ्टवेअर वा एपका रूपमा कसैले प्रयोग गरेको हो भने त्यो राष्ट्र ब्याङ्कको नियन्त्रण को दायरामा पर्दैन।
(लेखक अधिबक्ता हुनुहुन्छ)
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











