नेपालले युएईमा त्रिकोणात्मक सिरिज खेल्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा नेपाल, पपुआ न्यू गिनी (पीएनजी) र आयोजक युएईबीच मार्चमा त्रिकोणात्मक एकदिवसिय सिरिज हुने भएको छ ।
लिग अन्तर्गतको त्रिकोणात्मक सिरिज मार्च १५ देखि २२ तारिखसम्म हुने तालिका रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल मार्च १६ मा पीएनजीविरुद्ध खेल्ने छ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा तथा तेस्रो खेल युएईविरुद्ध नै २१ मा खेल्ने तालिका रहेको छ ।
नेपालले चौथों तथा अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्ने तालिका अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका छन् ।
तर नेपाल क्रिकेट संघ (क्यान) ले भने यसबारे औपचारिक जानकारी भने नभएको जनाएको छ ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले युएईमा खेल हुने कुरा भएपनि आधिकारीक रुपमा जानकारी नभएको बताए ।
लिग अन्तर्गत नेपालले सबैभन्दा कम केवल ८ खेल खेलेको जसमध्ये केवल चार खेलमा जित हात पारेको छ ।
सात देशको सहभागिता रहेको लिग दुईमा नेपाल आठ अकसहित छैठौ स्थानमा रहेको छ ।
यता २२ खेलमध्ये १४ जित हात पार्दै २९ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ ।
स्कटल्यान्ड (१६ अंक), अमेरिका (१४), युएई (११) तथा नामिविया (१०) दोस्रो देखि पाँचौ स्थानमा रहदा पीएनजीले खेलेका १२ वटै खेलमा पराजय भोगेको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












