चोलेन्द्रलाई जोगाउनुपर्छ भन्ने मनशाय एमालेको बिलकुलै छैन : ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्।
आज आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन्।
उनले बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विमला विश्वकर्मालगायत सांसदले हिजो मात्रै प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोग र एमसीसीका विषयमा आआफ्ना धारणा राखेको बताए।
त्यसमा जवाफ दिँदै ओलीले आफूहरू चोलेन्द्र शमशेर बोक्ने पक्षमा नरहेको बताएका हुन्।
अध्यक्ष ओलीले राखेको धारणाकाे सार सुनाउँदै भट्टराईले भने, ‘अहिले प्रधानन्यायाधीश चालेन्द्र शमशेरविरुद्ध आएको महाभियोग– यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि सत्तारुढ गठबन्धनका तर्फबाट पारित गर्ने। र, लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो उहाँहरू (सत्ता गठबन्धन) को महत्त्पूर्ण प्रवृत्तिका रूपमा आएको छ। यसलाई व्यक्ति विशेषलाई गरिएको आक्रमणका रूपमा नबुझेर प्रधानन्यायाधीशप्रति हामी सकारात्मक भएको, उहाँले राम्रो काम गर्नुभएको छ। उहाँलाई हामीले बोकेरै हिँड्नुपर्छ। उहाँलाई जोगाउनुपर्छ भन्ने मनशाय नेकपा एमालेको बिलकुलै छैन।’
तर जुन तरिका र परिस्थितमा महाभियोग प्रस्ताव ल्याइयो त्यसमा भने तीनवटा कुरा रहेको अध्यक्ष ओलीले बताए।
भट्टराईले ओलीको भनाइ उधृत गर्दै भने, ‘पहिलो कुरा– अदालतलाई अस्थिर बनाउने, दोस्रो– निर्वाचन सार्ने र तेस्रो– एमसीसी पास गर्ने, गलत उद्देश्यका साथ आएको छ, त्यसकारण यसलाई हामीले प्रतिवाद गर्नुपर्छ।’
त्यो प्रतिवाद आवश्यकताअनुसार सडक, सदन र अदालतबाट गरिने कुरा अध्यक्ष ओलीले राखेको भट्टराईले बताए।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












