चोलेन्द्रलाई जोगाउनुपर्छ भन्ने मनशाय एमालेको बिलकुलै छैन : ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्।
आज आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन्।
उनले बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विमला विश्वकर्मालगायत सांसदले हिजो मात्रै प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोग र एमसीसीका विषयमा आआफ्ना धारणा राखेको बताए।
त्यसमा जवाफ दिँदै ओलीले आफूहरू चोलेन्द्र शमशेर बोक्ने पक्षमा नरहेको बताएका हुन्।
अध्यक्ष ओलीले राखेको धारणाकाे सार सुनाउँदै भट्टराईले भने, ‘अहिले प्रधानन्यायाधीश चालेन्द्र शमशेरविरुद्ध आएको महाभियोग– यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि सत्तारुढ गठबन्धनका तर्फबाट पारित गर्ने। र, लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो उहाँहरू (सत्ता गठबन्धन) को महत्त्पूर्ण प्रवृत्तिका रूपमा आएको छ। यसलाई व्यक्ति विशेषलाई गरिएको आक्रमणका रूपमा नबुझेर प्रधानन्यायाधीशप्रति हामी सकारात्मक भएको, उहाँले राम्रो काम गर्नुभएको छ। उहाँलाई हामीले बोकेरै हिँड्नुपर्छ। उहाँलाई जोगाउनुपर्छ भन्ने मनशाय नेकपा एमालेको बिलकुलै छैन।’
तर जुन तरिका र परिस्थितमा महाभियोग प्रस्ताव ल्याइयो त्यसमा भने तीनवटा कुरा रहेको अध्यक्ष ओलीले बताए।
भट्टराईले ओलीको भनाइ उधृत गर्दै भने, ‘पहिलो कुरा– अदालतलाई अस्थिर बनाउने, दोस्रो– निर्वाचन सार्ने र तेस्रो– एमसीसी पास गर्ने, गलत उद्देश्यका साथ आएको छ, त्यसकारण यसलाई हामीले प्रतिवाद गर्नुपर्छ।’
त्यो प्रतिवाद आवश्यकताअनुसार सडक, सदन र अदालतबाट गरिने कुरा अध्यक्ष ओलीले राखेको भट्टराईले बताए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












