युक्रेन संकट समाधानका लागि फ्रान्सेली प्रयासः बाइडेनसँग कूटनीतिक वार्ता गर्न पुटिन सहमत
काठमाडाैँ । युक्रेन संकट समाधानका लागि कूटनीतिक मार्गलाई प्राथमिकता दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको फ्रान्सले बताएको छ।
युक्रेनको पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि शान्ति सम्झौता गर्न तथा युक्रेन संकट समाधानका लागि युद्धको साटो वार्तालाई प्राथमिकता दिन पुटिन सहमत भएको फ्रान्सेली अधिकारीले बताएका हुन्।
संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गरेका हुन्। त्यस क्रममा म्याक्रोँ र पुटिनबीच दुई देशका विदेशमन्त्रीबीच चाँडो वार्ताको वातावरण बनाउने सहमति भएको छ।
रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको पश्चिमा राष्ट्रले बताउँदै आएका छन्। तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ। यस्तै युक्रेनले पनि आजभोलिमै रुसले आक्रमण थाल्ने सम्भावना नरहेको बताएको छ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोँले आइतबार पुटिनलाई टेलिफोन गरेर सम्भावित युद्ध टार्ने प्रयास गरेका हुन्। अमेरिकासहितका पश्चिमा राष्ट्रले अन्तिम समयसम्म संकट समाधानका लागि कूटनीतिक मार्ग अपनाउने बताउँदै आएका छन्।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ। यस्तै पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोहीको गतिविधि पछिल्ला दिनमा तीव्र बनेको छ। केही दिनयता विद्रोही र युक्रेनी सैनिकबीच भिडन्त भएका छन्।
यही परिवेशमा फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछि म्याक्रोँले आइतबार दोस्रोपटक रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए।
म्याक्रोँले बाइडेन र पुटिनबीचको वार्ताका लागि प्रस्ताव गरेको फ्रान्सेली राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। रुसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा सो बैठकका लागि सहमति भएको जनाइएको छ।
बाइडेन र पुटिन सम्भावित वार्ताको विस्तृत विवरण वा तयारीबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच बिहीबार वार्ता एवं छलफल हुने भएको छ।
आइतबार भएको म्याक्रोँसँगको पहिलो टेलिफोन वार्तामा पुटिनले तनाव बढ्नुमा युक्रेनी सैनिकको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका थिए। तर दोस्रो टेलिफोन संवादको क्रममा पुटिन वार्ताका लागि तयार भएको जनाइएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












