युक्रेन संकट समाधानका लागि फ्रान्सेली प्रयासः बाइडेनसँग कूटनीतिक वार्ता गर्न पुटिन सहमत
काठमाडाैँ । युक्रेन संकट समाधानका लागि कूटनीतिक मार्गलाई प्राथमिकता दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको फ्रान्सले बताएको छ।
युक्रेनको पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि शान्ति सम्झौता गर्न तथा युक्रेन संकट समाधानका लागि युद्धको साटो वार्तालाई प्राथमिकता दिन पुटिन सहमत भएको फ्रान्सेली अधिकारीले बताएका हुन्।
संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गरेका हुन्। त्यस क्रममा म्याक्रोँ र पुटिनबीच दुई देशका विदेशमन्त्रीबीच चाँडो वार्ताको वातावरण बनाउने सहमति भएको छ।
रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको पश्चिमा राष्ट्रले बताउँदै आएका छन्। तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ। यस्तै युक्रेनले पनि आजभोलिमै रुसले आक्रमण थाल्ने सम्भावना नरहेको बताएको छ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोँले आइतबार पुटिनलाई टेलिफोन गरेर सम्भावित युद्ध टार्ने प्रयास गरेका हुन्। अमेरिकासहितका पश्चिमा राष्ट्रले अन्तिम समयसम्म संकट समाधानका लागि कूटनीतिक मार्ग अपनाउने बताउँदै आएका छन्।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ। यस्तै पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोहीको गतिविधि पछिल्ला दिनमा तीव्र बनेको छ। केही दिनयता विद्रोही र युक्रेनी सैनिकबीच भिडन्त भएका छन्।
यही परिवेशमा फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछि म्याक्रोँले आइतबार दोस्रोपटक रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए।
म्याक्रोँले बाइडेन र पुटिनबीचको वार्ताका लागि प्रस्ताव गरेको फ्रान्सेली राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। रुसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा सो बैठकका लागि सहमति भएको जनाइएको छ।
बाइडेन र पुटिन सम्भावित वार्ताको विस्तृत विवरण वा तयारीबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच बिहीबार वार्ता एवं छलफल हुने भएको छ।
आइतबार भएको म्याक्रोँसँगको पहिलो टेलिफोन वार्तामा पुटिनले तनाव बढ्नुमा युक्रेनी सैनिकको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका थिए। तर दोस्रो टेलिफोन संवादको क्रममा पुटिन वार्ताका लागि तयार भएको जनाइएको छ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












