चुनावमा जित्ने उम्मेद्वारको रोष्टर तयार पार्न प्रचण्डको सर्कुलर
काठमाडौँ । माओवादी केन्द्रले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी संगठनलाई क्रियाशील बनाउन निर्देशन दिएका हुन्।
केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ।
सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ।
एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ। एक संगठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ।
आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ।
नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बताउन भनिएको छ।
निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ । यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्न प्रचण्डले निर्देशन दिएका छन्।
हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ।
वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ।
वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ। यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












