चुनावमा जित्ने उम्मेद्वारको रोष्टर तयार पार्न प्रचण्डको सर्कुलर
काठमाडौँ । माओवादी केन्द्रले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी संगठनलाई क्रियाशील बनाउन निर्देशन दिएका हुन्।
केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ।
सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ।
एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ। एक संगठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ।
आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ।
नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बताउन भनिएको छ।
निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ । यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्न प्रचण्डले निर्देशन दिएका छन्।
हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ।
वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ।
वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ। यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन्।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












